
काठमाडौं । आईसीसी विश्वकप लिग २ अन्तर्गतको खेलमा नेपालले युएईलाई २९० रनको लक्ष्य दिएको छ ।
अलराउन्डर दीपेन्द्र सिंह ऐरीको शतककाे मद्दतमा नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २८९ जोड्न सक्यो ।
ऐरीले नेपालका लागि ९४ बलमा शतक प्रहार गरे । उनले १३ चौका र एक छक्का प्रहार गरे । ओपनर विनोद भण्डारीले नेपालका लागि अर्धशतक प्रहार गरेका थिए । उनी ५६ रनमा आउट भए । कप्तान रोहित पौडेलले ३९ रन जोडे । गुल्सन झा ४४ रनका आउट भए ।
बलिङतर्फ यूएईका अजय कुमार र जुनैद सिद्धिकीले दुई–दुई तथा खुजैमा तनवीर हैदर अलीले एक–एक विकेट लिए ।
यसअघिको खेलमा नेपालले यूएईलाई ३७ रनले पराजित गरेकाे थियाे ।

























