काठमाडौं। आईसीसी विश्वकप लिग २ अन्तर्गत जारी सिरिजमा नेपालले ओमानलाई पराजित गरेकाे छ ।
मंगलबार टियु क्रिकेट मैदानमा नेपालले दिएकाे २५७ रनको लक्ष्य पछ्याएकाे ओमान ३९.५ ओभरमा १७५ रनमा अलआउट भयाे । नेपालका लागि गुल्सन झाले सर्वाधिक ५ विकेट लिए ।