कार्यसम्पादनका आधारमा प्रधानन्यायाधीश सिफारिस भएकाे सचिवालयकाे तर्क

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख २४, बिहीबार २२:४९

काठमाडौं । संवैधानिक परिषद्ले न्यायाधीश डाक्टर मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा कार्यसम्पादनका आधारमा सिफारिस गरेको प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले जनाएको छ । बिहीबार बसेको परिषद्को बैठकले कार्यसम्पादनका आधारमा शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको प्रधानमन्त्री सचिवालयले जनाएको हो ।

न्यायपालिकाको इतिहासमै पहिलो पटक विद्यावारिधि गरेका र मुद्दा फर्छ्यौटमा न्यायाधीश शर्माले सर्वाधिक उच्च रेकर्ड कायम गरेको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।

Advertisement

न्यायपालिकाको चौथो पञ्चवर्षीय रणनीतिक योजना २०७६–२०८१ को अवधिमा भएको कार्यसम्पादनको वस्तुगत मूल्याङ्कन गर्दा डाक्टर शर्मा अन्य समकालीन न्यायाधीशहरूको तुलनामा निकै अगाडि देखिएको प्रधानमन्त्री सचिवालयको भनाइ छ ।

ुसर्वोच्च अदालतको तथ्याङ्क अनुसार, प्रधानन्यायाधीशका लागि प्रस्तावित न्यायाधीशहरूमध्ये डाक्टर शर्माले ७ हजार ३ सय ८८ मुद्दा र निवेदनहरूको अन्तिम टुङ्गो लगाएका छन् । यो संख्या अन्य प्रस्तावित न्यायाधीशहरूको तुलनामा सबैभन्दा उच्च हो । पछिल्लो आर्थिक वर्ष २०८०–८१ मा मात्रै उनले २,१८१ मुद्दा किनारा लगाएका छन् । प्रस्तावित न्यायाधीशहरूमध्ये ७ हजारको आँकडा पार गर्ने उनी एक्लो न्यायाधीश हुन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.