
विराटनगर । नेपाल क्रिकेट संघ (क्यान)को वार्षिक साधारणसभाले नेपाल प्रिमियर लिग (एनपीएल) आयव्याय विवरण पारित गरेको छ । आइतबार विराटनगरमा सम्पन्न साधारणसभाले एनपीएल को पहिलो र दोस्रो संस्करणको आयव्याय पारित गरेको हो । प्राप्त आम्दानीमध्ये देशभरका ४५ जिल्ला क्रिकेट संघलाई २ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय पनि गरेको छ ।
संघको आर्थिक वर्ष २०८१–०८२ को वार्षिक लेखा परीक्षण प्रतिवेदन अनुमोदन गर्ने निर्णय पनि वार्षिक साधारण सभाले गरेको छ ।
साधारणसभाले आर्थिक वर्ष २०८१–०८२ को वार्षिक लेखापरीक्षण प्रतिवेदन अनुमोदन गरेको छ । सन् २०२६ का लागि क्यानको वार्षिक कार्यक्रम, कार्ययोजना र बजेट पनि पारित गरेको छ ।



















