युनाइटस् कपमा घरेलु टोली विराटनगरको विजयी सुरुवात 

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख २८, सोमबार १७:५७
युनाइटस् कपमा घरेलु टोली विराटनगरको विजयी सुरुवात 

विराटनगर । विराटनगरमा जारी ‘क्रिकेट युनाइटस् कप’ क्रिकेट प्रतियोगिताको उद्‌घाटन खेलमा घरेलु टोली विराटनगरको इक्वलिटी कप ११ ले विजयी सुरुवात गरेको छ ।

नेपाल क्रिकेट फाउन्डेसनले आयोजना गरेको प्रतियोगिताअन्तर्गत सोमबारको पहिलो खेलमा विराटनगरले बागमती प्रदेशलाई ५ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको हो । दुवै टोलीबीच ३ खेल हुनेछ । ३ खेलको सिरिजमा विराटनगरले एक खेल जित्दै अग्रता बनाएको हो ।

Advertisement

टस जितेर ब्याटिङ थालेको बागमतीले १८ ओभर ३ बल खेल्दै सबै विकेटको क्षतिमा ७३ रन बनायो । सविका यादवले १७ रन  र विविशा शाहीले १० रन बनाए । बलिङमा विराटनगरकी प्लेयर अफ म्याच टीका साहले ५ विकेट लिइन् ।

विराटनगरले पाएको ७४ रनको चुनौती पछ्याउने क्रममा १४ ओभर ५ बल खेल्दै ५ विकेटको क्षति विजयी हासिल गर्यो । सानु राजवंशीले २५ रन, टीका साहले १७ रन र साक्षी यादवले १४ रन बनाए । बलिङमा बागमतीकी नेपालकी पूर्वखेलाडी अस्मिना कर्माचार्यले र पार्वती खत्रीले समान २–२ विकेट लिए ।

फाउन्डेसनका अध्यक्ष अभिषेक श्रेष्ठले महिला क्रिकेट खेलको प्रवर्द्धन गर्ने उद्देश्यका साथ दुई प्रदेशका छात्राबीच प्रतियोगिता आयोजना गरिएको बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.