मेयर कपको सेमिफाइनलमा १३ र १९ नम्बर वडा

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख २९, मंगलबार २१:०२
मेयर कपको सेमिफाइनलमा १३ र १९ नम्बर वडा

विराटनगर । विराटनगरमा जारी ‘विराटनगर महानगरपालिका मेयर कप वडा स्तरीय फुटबल’ प्रतियोगिताको सेमिफाइनलमा वडा नम्बर १३ र १९ पुगेका छन् ।

बैजनाथपुर रंगशालामा वडा नम्बर १९ को आयोजना तथा पोखरिया युथ केयर एकेडेमीको संयोजनमा भएको प्रतियोगिताअन्तर्गत मंगलबारको खेलमा वडा नम्बर १३ ले २ नम्बर वडालाई हरायो भने वडा नम्बर १९ ले ३ नम्बर वडालाई पराजित गर्दै सेमिफाइनलमा पुगेका हुन् ।

Advertisement

पहिलो खेलमा वडा नम्बर १३ ले वडा नम्बर २ लाई ३–० गोल अन्तरमा पराजित गर्दै सेमिफाइनल यात्रा तय गरे हो । वडा नम्बर १३ का लागि रोशन राईले २ गोल र कैलाश बस्नेतले १ गोल गर्दै टोलीलाई विजयी बनाए । खेलको प्लेयर अफ द म्याच  रोशन राई भए ।

त्यस्तै अर्को खेलमा वडा नम्बर १९ ले वडा नम्बर ३ लाई ७–४ गोल अन्तरमा हराउँदै  सेमिफाइनलमा पुगेको हो । वडा नम्बर १९ का लागि मिलन लिम्बूले ३ गोल, दोर्जे तामाङ, बिरेन चौधरी, सुशान्त खवास (बी) र बिन माझीले समान १–१ गोल गरे भने वडा नम्बर ३ का अर्जुन कुनुवारले ४ गोल गरेका थिए । अर्जुन खेलको प्लेयर अफ द म्याच घोषित भए ।

प्रतियोगिताअन्तर्गत बुधबारको खेल वडा नम्बर १६ र १७ नम्बर वडाबीच हुने आयोजकले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.