युनाइटस् कपमा बागमती विजयी

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख २९, मंगलबार २१:२३
युनाइटस् कपमा बागमती विजयी

विराटनगर । विराटनगरमा जारी ‘ युनाइटस् कप क्रिकेट’ प्रतियोगितामा घरेलु टोली विराटनगरलाई बागमतीले पराजित गरेको छ ।
३ खेलको सिरिजमा बागमती र विराटनगरले समान १–१ खेल जितेका छन् ।

नेपाल क्रिकेट फाउन्डेसनले आयोजना गरेको प्रतियोगिताको मंगलबारको खेलमा बागमती प्रदेशले विराटनगरको इक्वालिटी कप–११ लाई २२ रनले पराजित गरेको हो ।

Advertisement

विराटनगरले टस जितेर बागमतीलाई पहिलो ब्याटिङको अवसर दिएको थियो । पहिलो ब्याटिङको मौका पाएको बागमतीले १९ ओभर ४ बलमा सबै विकेटको क्षतिमा १ सय १ रन चुनौती प्रस्तुत गरेको थियो । सविका यादवले २७ रन र प्लेयर अफ म्याच नेपालको पूर्वखेलाडी अस्मिना कर्माचार्यले २२ रन बनाइन् । बलिङमा विराटनगरकी साक्षी यादव र सरस्वती चौधरीले समान २–२ विकेट लिए ।

१ सय २ रनको चुनौती पछ्याएको विराटनगरले १८ ओभरमा सबै विकेट गुमाउँदै ७९ रनमै समेटियो । सानु राजवंशीले २६ रन र शुभेच्छा लिम्बूले २४ रन बनाए । बलिङमा बागमतीकी कृशमा गुरुङ र पार्वती खत्रीले समान ३–३ विकेट लिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.