
काठमाडौं । चीनको भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङ्टन फर्किएका छन् । चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको आफ्नो वार्तालाई अत्यन्त सफल र अविस्मरणीय रहेको भन्दै उनी बेइजिङको दुई दिने भ्रमण पूरा गरी फर्किएका हुन् ।
चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार सी जिनपिङले भ्रमणलाई ‘ऐतिहासिक र कोसेढुङ्गा’ भनेका छन् ।
दुई देश बीच कुनै ठूलो व्यापारिक सम्झौता वा नयाँ सम्झौताको घोषणा भने गरिएको छैन ।
ट्रम्प बेइजिङबाट एयर फोर्स वन विमानमार्फत वासिङ्टन उडेका हुन् । बाटोमा उनले सञ्चारकर्मी सँग कुरा गर्न सक्ने बताइएको छ ।
भेटका क्रममा दुई नेताहरूबीच व्यापार, तेल आपूर्ति, इरान र ताइवानजस्ता मुद्दाहरूमा छलफल भएको थियो ।



















