मेयर कपको उपाधि लागि वडा नम्बर १६ र १९ खेल्दै

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ १, शुक्रबार २२:३२
मेयर कपको उपाधि लागि वडा नम्बर १६ र १९ खेल्दै

विराटनगर । विराटनगरमा जारी ‘विराटनगर महानगरपालिका मेयर कप वडा स्तरीय फुटबल’ प्रतियोगिताको फाइनलमा वडा नम्बर १६ पुगेको छ ।

बैजनाथपुर रंगशालामा वडा नम्बर १९ को आयोजना तथा पोखरिया युथ केयर एकेडेमीको संयोजनमा भएको प्रतियोगिताअन्तर्गत शुक्रबार भएको अन्तिम सेमिफाइनलमा खेलमा वडा नम्बर १६ ले वडा नम्बर १३ लाई ५–३ गोल फरकमा पराजित गर्दै फाइनलमा पुगेको हो । प्रतियोगिताको उपाधि जितका लागि आइतबार वडा नम्बर १६ र वडा नम्बर १९ खेल्ने आयोजकले जनाएको छ ।

Advertisement

खेलमा वडा नम्बर १६ का नवीन राना मगर र कवीन्द्र चोड्गबाड्गले समान २–२ गोल तथा अभि रामले १ गोल गर्दै टोलीलाई उपाधि नजिक पुर्‍याए । वडा नम्बर १३ का लागि रोशन राईले २ गोल र युनिश श्रेष्ठले १ गोल गरेका थिए ।
खेलको प्लेयर  अफ  द  म्याच  वडा नम्बर १६ का कवीन्द्र चोड्गबाड्ग भए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.