श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ १२, मंगलबार ०८:०४
श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ

विराटनगर । खोटाङका एक युवकलाई प्रहरीले श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ गरेको छ ।
खोटाङको साकेला गाउँपालिका–१ बाँझेच्यान डाँडा धारिमका ३३ वर्षीय राजकुमार राईलाई श्रीमतीको हत्या आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जेठ ८ गते राति ११ः५५ बजेतिर कुटपिट गर्दा २८ वर्षीया श्रीमती शान्ति चर्मकार राईको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

Advertisement

श्रीमतीलाई कुटपिट गर्नुपर्ने कारण खुलेको छैन । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको र सबै अनुसन्धान पूरा भएपछि घटनाको वास्तविकता बाहिर आउने प्रहरीले जनाएको छ ।

पक्राउ परेका राईलाई जिल्ला प्रहरी कार्यालय खोटाङमा राखिएको छ । राईमाथि कर्तव्य ज्यान मुद्दामा खोटाङ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.