झापामा दाउ प्रहारबाट युवक गम्भीर घाइते

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ १६, शनिबार ०७:४९
सांकेतिक तस्बिर ।

झापा । झापाको कनकाई नगरपालिका–५ चप्रामारीमा धारिलो हतियार दाउ (बाम्फोक) प्रहारबाट एक युवक गम्भीर घाइते भएका छन् ।

शुक्रबार साँझ करिब ६ः१० बजेतिर पुरानो रिसईबीका कारण भएको घटनामा बाह्रदशी गाउँपालिका–७ का अन्दाजी ३० वर्षीय सूर्यलाल राजवंशी घाइते भएका हुन् । प्रहरीका अनुसार बाटोमा हिँडिरहेका राजवंशीमाथि कनकाई–५ तुलसीबारीका अन्दाजी २५ वर्षीय दीपक विष्टले दाउ प्रहार गरेका थिए ।

Advertisement

घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सुरुङगाबाट खटिएको प्रहरी टोलीले दाउसहित विष्टलाई नियन्त्रणमा लिएको छ । उनलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको प्रहरीले जनाएको छ ।

घाइते राजवंशीको प्रारम्भिक उपचार कनकाई नगर अस्पतालमा गरिएको थियो । अवस्था गम्भीर भएपछि उनलाई थप उपचारका लागि बिर्तामोडको बी एण्ड सी अस्पताल पठाइएको छ । प्रहरीले घटनाको थप अनुसन्धान जारी रहेको जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.