तेतरियामा प्रहरीको नयाँ भवन

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ १७, आइतबार १३:१७

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका–५ तेतरियामा प्रहरीको नयाँ भवन निर्माण गरिएको छ ।

प्रहरी चौकी तेतरियाको नवनिर्मित भवनको आइतबार बिहान उद्घाटन गरिएको छ । गाउँपालिका अध्यक्ष नमोनारायण माझीको प्रमुख आतिथ्यतामा भवनको उद्घाटन गरिएको हो ।

Advertisement

भवन उद्घाटन कार्यक्रममा मोरङ प्रहरी प्रमुख एसपी कवित कटवाल, इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर राजीव गिरी, स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र स्थानीयको उल्लेख्य उपस्थिति रहेको थियो । एसपी कटवालले नयाँ भवन निर्माण भएपछि प्रहरीलाई काम कारबाहीमा सजिलो हुने बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.