इटहरीबाट चोरी गरिएको मोटरसाइकलसहित बेलबारीबाट दुई युवक पक्राउ

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ १७, आइतबार १५:५७

विराटनगर । सुनसरीको इटहरीबाट चोरी गरिएको मोटरसाइकलसहित मोरङको बेलबारीबाट दुई जना युवक पक्राउ परेका छन् ।

मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार शनिबार दिउँसो बेलबारी नगरपालिका–५ कसेनीस्थित भित्री सडक खण्डमा रोकेर राखिएको प्र ०१–०२–०४३ प ७२६६ नम्बरको पल्सर मोटरसाइकल फेला परेको थियो । इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले मोटरसाइकल नियन्त्रणमा लिएर अनुसन्धान गर्दा उक्त मोटरसाइकल इटहरीबाट चोरी गरी ल्याइएको खुलेको प्रहरीले थियो ।

Advertisement

प्रहरीले मोटरसाइकल चालक बेलबारी नगरपालिका–३ का २७ वर्षीय सुरज विक र पछाडि सवार २७ वर्षीय अनिष परियारलाई नियन्त्रणमा लिएको छ । दुवैलाई मोटरसाइकलसहित इलाका प्रहरी कार्यालय बेलबारीमा राखेर थप अनुसन्धान अघि बढाइएको डीएसपी मिश्रले बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.