मेचीनगरमा काठमाडौंका युवक पक्राउ

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ १७, आइतबार १९:१३

झापा । झापाको मेचीनगरबाट लागुऔषध खैरो हिरोइन (ब्राउन सुगर)सहित काठमाडौंका एक युवक पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध ब्युरो काँकरभिट्टाको संयुक्त टोलीले आइतबार दिउँसो मेचीनगर–६ मेचीडाँडाबाट ती युवकलाई पक्राउ गरेको हो ।

भारतबाट पैदल नेपालतर्फ आउँदै गरेका ३२ वर्षीय रोशन कार्कीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । काठमाडौंको शंखरापुर नगरपालिका–८ का कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएर शरीर खानतलासी गरेको थियो । त्यसक्रममा उनले लगाएको बक्स पेन्टको गोजीबाट सेतो प्लाष्टिकमा प्याक गरिएको खैरो हिरोइनजस्तो देखिने पदार्थ बरामद भएको प्रहरीले जनाएको छ ।

Advertisement

डिजिटल तराजुमा नाप गर्दा ४८ ग्राम ६० मिलिग्राम लागुऔषध रहेको पुष्टि भएको प्रहरीले जनाएको छ । प्रहरीले कार्कीको साथबाट आइफोन १६ प्रो म्याक्स मोबाइल, प्रयोगमा रहेको सिम कार्ड तथा नगद ८ हजार रुपैयाँसमेत बरामद गरेको छ । पक्राउ परेका कार्कीमाथि इलाका प्रहरी कार्यालय काँकरभिट्टाले थप अनुसन्धान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया
प्रधानमन्त्रीकाे अभिव्यक्तिपछि परराष्ट्र मन्त्रालय : ‘दशगजामा विवाद छन्’
सभामुख अघि बढेपछि संसदमा लफडा
 मिल्स गोल्डकपको उपाधि टिडब्लुसिवाइलाई 
मिल्स गोल्डकपको उपाधि टिडब्लुसिवाइलाई 
‘प्रचण्ड’को स्वास्थ्य स्थिर, केहीदिन अस्पतालमै रहने
मेचीनगरमा काठमाडौंका युवक पक्राउ
रास्वपा महाधिवेशन : मूल आयोजक समिति गठन
प्रधानमन्त्रीको ‘सीमा अभिव्यक्ति’ले राजनीति तरंगित, नेपालले कहाँ मिच्यो भारतको भूमि ?
प्रधानमन्त्रीको अभिव्यक्तीप्रति सडकमा विद्यार्थीको नारा : ‘जनता बालेनको खोजीमा, बालेन मोदीको गोजीमा’
प्रधानमन्त्रीको अभिव्यक्तिपछि रास्वपाले बोलायो सचिवालय बैठक
‘प्रधानमन्त्रीले बोल्नुअघि सोच्नुपर्छ’
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.