झापामा कुटपिटबाट एक जनाको मृत्यु

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ १८, सोमबार १३:५०

झापा । झापामा कुटपिटबाट घाइते भएका एक जनाको सोमबार बिहान मृत्यु भएको छ । मेचीनगर नगरपालिका–१५ निलकोठीस्थित माँ पाथीभारा प्लाई फ्याक्ट्रीमा घटना भएको हो ।

प्रहरीका अनुसार आइतबार राति १० बजेतिर मेचीनगर–१५ का ५५ वर्षीय रुद्र श्रेष्ठ र दमौली घर बताउने ३५ वर्षीय रामबहादुर गौतमबीच सामान्य भनाभन तथा विवाद भएको पाइएको छ । सोही विवाद चर्किएपछि कुटपिट हुँदा श्रेष्ठको टाउकोमा गम्भीर चोट लागेको थियो । घटना पछि उनी बोल्न नसक्ने अवस्थामा गम्भीर घाइते भएका थिए ।

Advertisement

प्रहरीले घटनाको जानकारी सोमबार बिहान ७ बजेतिर प्राप्त गरेको हो । प्रहरीले घाइते श्रेष्ठलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएकोमा बिहान ८ बजेतिर चिकित्सकले मृत घोषणा गरिदिएको प्रहरीले जनाएको छ ।

घटनापछि कुटपिटमा संलग्न रामबहादुर गौतमलाई इलाका प्रहरी कार्यालय धुलाबारीको टोलीले नियन्त्रणमा लिएको छ । उनीविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउने प्रहरीको तयारी छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.