मलद्वारमा लुकाएर ल्याउँदै गरेको खैरो हिरोइनसहित युवक पक्राउ

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ १९, मंगलबार १६:४२

झापा । झापाको मेचीनगरमा खैरो हिरोइनसहित एक युवक पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले मंगलबार बिहान मेचीनगर नगरपालिका–६ स्थित पुरानो मेची पुलबाट उनलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा मेचीनगर–१४ का२५ वर्षीय आकाश चौधरी रहेका छन् । भारतबाट नेपालतर्फ आउँदै गरेका चौधरीलाई शंका लागेपछि प्रहरीले सोधपुछ तथा शरीर खानतलासी गरेको थियो । त्यसक्रममा उनले मलद्वारभित्र लुकाएर ल्याउँदै गरेको लागुऔषध खैरो हिरोइनजस्तो देखिने लिसाइलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।

Advertisement

बरामद पदार्थको तौल १६ ग्राम ४०० मिलिग्राम रहेको छ । पक्राउ परेका चौधरीलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.