दमककी रमा तिवारीको हत्या आरोपमा प्रेमी पक्राउ

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ १९, मंगलबार १७:५१

झापा । झापाको दमक नगरपालिका–८ बसन्त टोलकी २१ वर्षीया रोमा भनिने रमा तिवारीको हत्या गरेको आरोपमा प्रहरीले उनकै प्रेमीलाई पक्राउ गरेको छ ।

घटनाको अनुसन्धान अन्तिम चरणमा पुगेको जनाइए पनि प्रहरीले पक्राउ परेका व्यक्तिको नाम भने सार्वजनिक गरेको छैन । प्रहरी स्रोतका अनुसार पक्राउ परेका युवक र रोमा केही समयदेखि सम्पर्कमा थिए ।

Advertisement

ती युवकलाई लागुऔषधको कुलतबाट मुक्त गराउने उद्देश्यले एक सुधार केन्द्रमा राखिएको थियो । परिवारका अनुसार उनी जेठ १३ गते सुधार केन्द्रबाट बाहिरिएलगत्तै रमासँग सम्पर्कमा आएका थिए । त्यसपछि दुवैबीच भेट भएको केही समयपछि रोमा मृत अवस्थामा फेला परेको पाइएको प्रहरीले जनाएको छ ।

प्रहरीले मोबाइल सम्पर्क विवरण, घटनास्थल आसपासका प्रमाण तथा पक्राउ परेका युवकसँग सम्बन्धित अन्य पक्षमाथि गहिरो अनुसन्धान भइरहेको जनाएको छ । प्रहरीका अनुसार घटनाको वास्तविकता नजिक पुगिसकिएको छ । केही दिनभित्रै विस्तृत विवरण सार्वजनिक गर्ने तयारी छ ।

यद्यपि, हत्या कसरी भयो, शव रतुवा खोलासम्म कसरी पुर्‍याइयो तथा घटनामा अन्य व्यक्तिको पनि संलग्नता छ वा छैन भन्ने विषयमा प्रहरीले हालसम्म सार्वजनिक गरेको छैन । अनुसन्धान पूरा भएपछि मात्रै घटनाको सम्पूर्ण तथ्य बाहिर आउने अपेक्षा गरिएको छ।

यो पनि पढौं

दमकमा बोरामा पोको पारिएको अवस्थामा फेला परेकी युवतीको पहिचान खुल्यो

तपाइको प्रतिक्रिया
रवि लामिछानेले भेटे भारतीय विदेश मन्त्री
विराटनगरमा सम्पत्ति शुद्धीकरण र वित्तीय अपराध अनुसन्धान तालिम
प्रहरी नागरिकको भरोसाको धरोहर बन्नुपर्छ : महानिरीक्षक कार्की
झापामा ९१ ग्राम खैरो हिरोइनसहित तीन जना पक्राउ
मोरङमा म्यानपावर सञ्चालक पक्राउ, रोमानिया पठाइदिने भन्दै लाखौं रूपैयाँ ठगी
झापामा चर्को गर्मीबीच सडकमै बेहोस भेटिएकी महिलाको मृत्यु
दमककी रमा तिवारीको हत्या आरोपमा प्रेमी पक्राउ
प्रधानमन्त्रीको अभिव्यक्तिले सदनमा तरंग, दलहरू आक्रामक
‘प्रधानमन्त्रीको अभिव्यक्तिले राष्ट्रिय अडान कमजोर बनायो’
मलद्वारमा लुकाएर ल्याउँदै गरेको खैरो हिरोइनसहित युवक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.