शीतल निवासबाट हात्तीका दाह्रा चोर्ने ५ जना पक्राउ

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ २०, बुधबार १७:१६
शीतल निवासबाट हात्तीका दाह्रा चोर्ने ५ जना पक्राउ

काठमाडौं । राष्ट्रपति कार्यालय शीतल निवासबाट जेनजी आन्दोलनको क्रममा चोरी भएका दुई थान हात्तीका दाह्रासहित प्रहरीले ५ जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार काठमाडौं तार्केश्वर नगरपालिका–९ मनमैजुका २५ वर्षीय राजीव महर्जन, गोरखा धार्चे गाउँपालिका–४ घर भई तार्केश्वर–१० मनमैजु बस्ने २६ वर्षीय टेकप्रसाद गुरुङ, काठमाडौं महानगरपालिका–१७ का २७ वर्षीय आयुष महर्जन, बैतडीको डिलासैनी गाउँपालिका–३ घर भई टोखा नगरपालिका–२ सपनतीर्थ बस्ने २४ वर्षीय पुरन बोहरा र गोरखाको अजिरकोट गाउँपालिका–४ घर भई मनमैजु बस्ने २० वर्षीय सन्तबहादुर भुजेल पक्राउ परेका हुन् ।

Advertisement

काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोलीले मनमैजु र आसपासका क्षेत्रमा विशेष अपरेसन गरेपछि उनीहरूलाई पक्राउ गरेका हुन् । पक्राउ परेकाहरूको साथबाट हात्तीका दाह्राका चार टुक्रा तथा ट्रामाडोल औषधि बरामद गरिएको प्रहरीले जनाएको छ।

अनुसन्धानका क्रममा बरामद दाह्रा शीतल निवासको भित्तामा सजाएर राखिएका दाह्राहरू नै भएको खुलेको छ। ती दाह्रा गत भदौ २३–२४ गते भएको जेनजी आन्दोलनका क्रममा राष्ट्रपति कार्यालयमा भएको तोडफोड र आगजनी हुदाँ चोरी भएको प्रहरीले जनाएको छ।

पक्राउ परेका व्यक्तिलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन र लागुऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान हुने प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया
स्कुल बससँग मोटरसाइकल ठोक्किँदा झापामा दुई जनाको मृत्यु
सभापति लामिछाने र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता
रवि–मोदी भेटमा ‘नयाँ विकास कूटनीति’को चर्चा
विद्या भण्डारी ३७ सालकै सदस्य हो, आवेदन दिएपछि सदस्यता दिइएको हो: अध्यक्ष ओली
विद्या भण्डारी ३७ सालकै सदस्य हो: अध्यक्ष ओली
शीतल निवासबाट हात्तीका दाह्रा चोर्ने ५ जना पक्राउ
शीतल निवासबाट हात्तीका दाह्रा चोर्ने ५ जना पक्राउ
एसइई कप: बिकेभिएम, डनबस्को र नरग्राम क्वाटर फाइनलमा
एसइई कप: बिकेभिएम, डनबस्को र नरग्राम क्वाटर फाइनलमा
ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–३ सुरुम्खिमस्थित बालकल्याण माध्यमिक विद्यालय
अनौठो प्रकृतिको स्वास्थ्य समस्या देखिएपछि विद्यालय बन्द
सभापति लामिछाने र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता
सभापति लामिछाने र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता
पाँच किलो गाँजा र १४ ग्राम ब्राउन सुगरसहित चार जना पक्राउ
पाँच किलो गाँजा र १४ ग्राम ब्राउन सुगरसहित चार जना पक्राउ
स्वास्थ्यकर्मीलाई संक्रमण रोकथाम तथा नियन्त्रण सम्बन्धी तालिम
स्वास्थ्यकर्मीलाई संक्रमण रोकथाम तथा नियन्त्रण सम्बन्धी तालिम
  विराटनगरमा अत्याधुनिक ‘ओमोडा ई–फाइभ प्रो’ सार्वजनिक, ५० ग्राहकलाई विशेष छुट
विराटनगरमा अत्याधुनिक ‘ओमोडा ई–फाइभ प्रो’ सार्वजनिक, ५० ग्राहकलाई विशेष छुट
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.