
काठमाडौं । जिल्ला अदालत ललितपुरले टिकटकर तुल्सा अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । ललितपुर जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतमको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो ।
उनलाई प्रहरीले इन्टरपोलको सहयोगमा १७ जेठमा थाइल्यान्डबाट पक्राउ गरी नेपाल ल्याएर अदालतमा पेस गरेको थियो ।
उनीविरुद्ध आपराधिक विश्वासघात, संगठित अपराध, सम्पत्ति शुद्धीकरणसमेतको मुद्दा छ ।



















