पत्नी हत्या आरोपमा टिकटकर ‘नेपाली ब्रो’ पक्राउ

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ २३, शनिबार ०७:४८

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–६ लोलाङ पैँयुटारमा घरायसी विवादका क्रममा फलामको रड प्रहार गरेर पत्नीको हत्या गरेको आरोपमा टिकटकर ‘नेपाली ब्रो’ भनिने कुमार थापा पक्राउ परेका छन् ।

प्रहरीका अनुसार ४२ वर्षीय थापाले आफ्नी ४२ वर्षीया श्रीमती ईश्वरी भुजेलमाथि शुक्रबार राति करिब १०ः१० बजेतिर फलामको रडले प्रहार गरेका थिए । गम्भीर घाइते भएकी भुजेललाई उपचारका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगन्ज लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Advertisement

घटनापछि थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई हाल प्रहरी वृत्त बालाजुमा राखिएको छ । उनीविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउने प्रहरीको तयारी छ । प्रहरीले घटनाको कारण तथा पारिवारिक विवादका बारेमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.