
विराटनगर । भारतका केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै कक्राेच जनता पार्टीले नयाँ दिल्लीमा रहेकाे जन्तर मन्तरमा प्रदर्शन गरिरहेका छन् ।
कक्रोच जनता पार्टी (सीजेपी)का संस्थापक अभिजीत दिपके पनि सहभागी भएकाे प्रदर्शनमा सहभागीले शिक्षा मन्त्रीको राजिनामा माग गरिरहेका छन् । उनीहरूले प्रधानमन्त्री नरेन्द्र माेदीकाे पनि राजीनामा माग गरे ।
मन्त्री प्रधानको कार्यकालमा युवाहरूको भविष्य अन्धकारमा परेको भन्दै आक्रोशित बनेका प्रदर्शनकारीले शान्तिपूर्ण प्रदर्शन गरेका हुन् ।



















