कामधेनुका कर्मचारी जोडिएको आत्महत्या दुरुत्साहन मुद्दा, झा र खड्काविरुद्ध पक्राउ पुर्जी जारी

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ २४, आइतबार ०८:११

झापा । इटहरी उपमहानगरपालिका–१ आँपगाछीस्थित कामधेनु दुग्ध विकास सहकारी संस्थाका कर्मचारीसँग जोडिएको आत्महत्या दुरुत्साहन प्रकरणमा अदालतले फरार दुई जना प्रतिवादीका नाममा पक्राउ पुर्जी जारी गरेको छ ।

सहकारीभित्रको आन्तरिक व्यवस्थापन, बजार संरचना र कर्मचारीबीचको विवादले उग्र रूप लिएर एक कर्मचारीले आत्महत्या गरेको घटनासँग सम्बन्धित उक्त मुद्दा अहिले कानुनी प्रक्रियाको निर्णायक चरणतर्फ प्रवेश गरेको छ । झापा जिल्ला अदालतले रञ्जितकुमार झा र शेरबहादुर खड्काविरुद्ध पक्राउ पुर्जी जारी गर्दै उनीहरूलाई खोजतलास गरी अदालतमा उपस्थित गराउन इलाका प्रहरी कार्यालय दमकलाई पत्राचार गरेको छ ।

Advertisement

अदालतका अनुसार दुवै प्रतिवादी उपस्थिति नभएपछि उनीहरुलाई फरार सूचीमा राख्दै पक्राउ पुर्जी जारी गरिएको हो । अदालतले झाको नाममा पहिलो चरणमा ७ दिनको पक्राउ पुर्जी जारी गरिएको छ । उक्त अवधिमा पनि उपस्थित नभए थप ३५ दिनको पक्राउ पुर्जी तामेल गरी खोजतलासलाई तीव्र बनाउन निर्देशन दिइएको छ ।

अर्का प्रतिवादी शेरबहादुर खड्काका नाममा भने ३५ दिनको पक्राउ पुर्जी नै जारी गरिएको छ । अदालतले तोकिएको समयभित्र उपस्थित नभए कानुनअनुसार थप प्रक्रिया अघि बढाइने स्पष्ट पारेको छ ।

यो मुद्दा कामधेनु दुग्ध विकास सहकारी संस्थामा कार्यरत कर्मचारी प्रेमप्रसाद मिश्रको आत्महत्यासँग सम्बन्धित छ । उनी २०८२ कात्तिक १७ गते झापाको गौरादह नगरपालिकास्थित आफ्नै कोठामा झुन्डिएको अवस्थामा मृत फेला परेका थिए । घटनापछि अनुसन्धानका क्रममा फेला परेको ‘सुसाइड नोट’ले यो प्रकरणलाई आपराधिक अनुसन्धानको केन्द्रमा ल्याएको हो ।

‘सुसाइड नोट’मा मिश्रले सहकारीका तत्कालीन मार्केटिङ म्यानेजर रञ्जितकुमार झा तथा बजार प्रतिनिधि शेरबहादुर खड्काको व्यवहार, दबाब र कार्य वातावरणका कारण आफू आत्महत्या गर्न बाध्य भएको उल्लेख गरेका थिए । सोही विवरणका आधारमा प्रहरीले प्रारम्भिक अनुसन्धान अघि बढाउँदै आत्महत्या दुरुत्साहन सम्बन्धी मुद्दा दर्ता गरेको थियो ।

जिल्ला सरकारी वकिल कार्यालयमार्फत नेपाल सरकार वादी बनेर दायर गरिएको मुद्दामा जाहेरीकर्ता कमल मिश्र र तेजप्रसाद सुवेदी रहेका छन् । उनीहरूको जाहेरीपछि अनुसन्धान प्रक्रिया अघि बढ्दै जाँदा दुई प्रतिवादीलाई अदालतमा उपस्थित गराउन पटकपटक प्रयास गरिएको भए पनि उनीहरू सम्पर्कमा नआएको अदालतले जनाएको छ ।

अदालतले हालको आदेशमार्फत प्रहरीलाई दुवै प्रतिवादीको खोजतलासलाई प्राथमिकतामा राख्न निर्देशन दिएको छ । इटहरी उपमहानगरपालिका–१ आँपगाछीमा बसोबास गर्दै आएका झा र मोरङको सुन्दरहरैँचा नगरपालिका–४ मा बसोबास गर्दै आएका खड्का फरार प्रतिवादी हुन् ।

सहकारी संस्थाभित्रको कार्य वातावरण, बजार व्यवस्थापन र कर्मचारी जिम्मेवारीका विषयलाई लिएर पछिल्ला वर्षहरूमा देखिएको विवादले घटनालाई थप जटिल बनाएको देखिन्छ । अनुसन्धानका क्रममा सहकारीभित्रको आन्तरिक तनाव, कार्य दबाब र व्यवस्थापकीय निर्णयहरूबीचको असन्तुलनले कर्मचारीको मानसिक अवस्थामाथि असर पारेको दाबीसमेत उठाइएको छ ।

अदालतले जारी गरेको सूचनामा प्रतिवादीहरूलाई तोकिएको समयभित्र अनिवार्य रूपमा अदालतमा उपस्थित हुन आग्रह गरिएको छ । अन्यथा प्रचलित कानुनअनुसार उनीहरूविरुद्ध अनुपस्थितिमा समेत मुद्दा अघि बढाइने भएको छ ।

प्रहरीले पनि अदालतको आदेशअनुसार फरार प्रतिवादीहरूको खोजी कार्यलाई तीव्र पारेको छ । यो प्रकरणले सहकारी संस्थाभित्रको कार्य संस्कृतिमा हुने मनोवैज्ञानिक दबाब, व्यवस्थापकीय विवाद र कर्मचारी सुरक्षासम्बन्धी प्रश्नलाई सतहमा ल्याएको छ ।

तपाइको प्रतिक्रिया
‘सीमा विवाद कूटनीतिक माध्यमबाटै समाधान हुन्छ, बेलायतको मध्यस्थता खोजेका होइनौं’
मोरङमा लागुऔषध ओसारपसारको अनौठो शैली : कन्डमभित्र राखेर मलद्वारमा लुकाइयो, दिसा गराएर निकालियो
  सुनको मूल्य घट्यो 
सुनचाँदीको मूल्य घट्यो 
नेपाल एसियन गेम्स पुरुष क्रिकेटको फाइनलमा
नेपाल एसियन गेम्स पुरुष क्रिकेटको फाइनलमा
परीक्षा केन्द्रबाट जफत गरिएका मोबाइल फोन तथा स्मार्ट घडी पानीमा डुबाएर नष्ट गरिएको
जफत गरिएका मोबाइल नष्ट गरिएको विरोधमा सिरहामा विद्यार्थीको प्रदर्शन 
रास्वपा झापा सभापतिमा भण्डारी
जीपी कोइराला ५–ए साइड महिला हक्कीको उपाधि त्रिभुवन आर्मीलाई
जीपी कोइराला ५–ए साइड महिला हक्कीको उपाधि त्रिभुवन आर्मीलाई
रास्वपा मोरङको सभापतिमा भरत कँडेल निर्वाचित
कामधेनुका कर्मचारी जोडिएको आत्महत्या दुरुत्साहन मुद्दा, झा र खड्काविरुद्ध पक्राउ पुर्जी जारी
लेबनानमा इजरायली हमला, सैन्य अधिकारीसहित १२ जनाको मृत्यु
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.