महिला स्वास्थ्य सुधार्न विश्वव्यापी आह्वान

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ २५, सोमबार १०:३६
सांकेतिक तस्बिर ।

एजेन्सी । विश्वभर महिलाहरूले पुरुषहरूको तुलनामा झन्डै २५ प्रतिशत बढी समय खराब स्वास्थ्य अवस्थामै बिताउने गरेको नयाँ अन्तर्राष्ट्रिय अध्ययनले देखाएको छ ।

विश्व आर्थिक मञ्च र म्याकिन्से हेल्थ इन्स्टिच्युटको सहकार्यमा २० भन्दा बढी स्वास्थ्य संस्था तथा विज्ञहरूको सहभागितामा गरिएको अध्ययनले महिलाको स्वास्थ्यमा देखिएको ठूलो अन्तर रोकथाम तथा सुधारयोग्य रहेको निष्कर्ष निकालेको हो । अध्ययनअनुसार महिलाहरू औसतमा पुरुषभन्दा लामो आयु बाँच्ने भए पनि उनीहरूले आफ्नो जीवनको धेरै हिस्सा विभिन्न रोग, अशक्तता तथा स्वास्थ्य समस्यासँग संघर्ष गर्दै बिताउछन् ।

Advertisement

महिलाले जीवनभर औसतमा करिब नौ वर्ष खराब स्वास्थ्यमा बिताउने गरेको अध्ययनले देखाएको छ । प्रतिवेदनले महिला र पुरुषबीचको स्वास्थ्य अन्तरको करिब ३४ प्रतिशत हिस्सा स्वास्थ्य सेवा प्रणालीका कमजोरीहरूका कारण सिर्जना भएको उल्लेख गरेको छ । ढिलो रोग पहिचान, पर्याप्त परीक्षणको अभाव, उपचारमा असमान पहुँच, महिलासम्बन्धी रोगमा सीमित अनुसन्धान तथा उपचार प्रक्रियामा लैंगिक संवेदनशीलताको कमी यसका प्रमुख कारण रहेको अध्ययनले जनाएको छ ।

अध्ययनले तत्काल सुधारको सम्भावना रहेका नौ प्रमुख स्वास्थ्य अवस्थाहरू पनि पहिचान गरेको छ । तीमध्ये हृदय रोग, पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, गर्भावस्थामा हुने उच्च रक्तचाप, प्रसवपछिको अत्यधिक रक्तस्राव, प्रिमेन्स्टुअल सिन्ड्रोम (पीएमएस), माइग्रेन तथा एन्डोमेट्रियोसिस प्रमुख छन् । यी रोग तथा अवस्थाहरूमा समयमै पहिचान, उपचार र लगानी बढाउन सके महलाको स्वास्थ्यमा उल्लेखनीय सुधार ल्याउन सकिने अध्ययनको निष्कर्ष छ ।

प्रतिवेदनका अनुसार महिला स्वास्थ्यमा रहेको अन्तरका कारण विश्वभर हरेक वर्ष करिब ७ करोड ५० लाख वर्ष बराबरको स्वस्थ जीवन असामायीक मृत्यु हुने गरेको छ । यसले महिलाको व्यक्तिगत जीवन मात्र नभएर परिवार, समुदाय र समग्र अर्थतन्त्रमा समेत नकारात्मक प्रभाव पारिरहेको अध्ययनले देखाएको छ।

अध्ययनले महिलाको स्वास्थ्यमा लगानी बढाउँदा सन् २०४० सम्म विश्व अर्थतन्त्रमा वार्षिक कम्तीमा १ ट्रिलियन अमेरिकी डलर बराबरको अतिरिक्त आर्थिक लाभ सिर्जना हुन सक्ने अनुमान गरेको छ । प्रतिवेदनअनुसार महिलाको स्वास्थ्यमा लगानी गरिएको प्रत्येक १ डलरले करिब ३ डलरसम्म आर्थिक प्रतिफल दिन सक्ने सम्भावना रहेको छ ।

प्रतिवेदनले महिलाको स्वास्थ्य सुधारलाई स्वास्थ्यसम्बन्धी विषय मात्र नभई सामाजिक न्याय, लैंगिक समानता र आर्थिक समृद्धिसँग प्रत्यक्ष जोडिएको मुद्दाका रूपमा लिनुपर्नेमा जोड दिएको छ ।

तपाइको प्रतिक्रिया
प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरुकाे अवराेध, प्रधानमन्त्रीले माफी माग्नु पर्ने शर्त
सुरक्षा निकायको मिलेमतोमा सुनसरीबाट गाँजा तस्करी, ‘सेटिङ’मा कटाइएको १७ सय किलो बढी भारतमा बरामद
विराटनगरको ६ लेन सडकमा हराएको सौन्दर्य : उत्सवको हरियाली, उपेक्षाको झाडी
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
महिला स्वास्थ्य सुधार्न विश्वव्यापी आह्वान
इरान–इजरायल तनाव फेरि चर्कियो, मध्य इरानमा हवाई आक्रमण
सर्वदलीय बैठक जारी, हर्क साम्पाङ गएनन्
खाेटाङमा रास्वपाकाे नयाँ नेतृत्व
विराटनगरमा तास खेलिरहेका १२ जना पक्राउ, अढाई लाख रूपैयाँ बढी बरामद
मिन्डानाओमा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.