
काठमाडौं । वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह निलम्बनमा परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौँमा अर्काको छोरीलाई आफ्नो छोरी भन्दै झूटो विवरणका आधारमा नागरिकता दिलाएको दाबीसहित मुद्दा दायर गरेपछि सिंह निलम्बनमा परेका हुन् ।
भ्रष्टाचार मुद्दा दायर भएपछि सार्वजनिक पदमा भएका व्यक्तिको पद निलम्बन हुने कानुनी व्यवस्था छ। सिंहमाथि सिन्धुपाल्चोक, इन्द्रावती गाउँपालिका–१० की रिता भट्टराईकी छोरीलाई आफ्नै छोरी रुविना श्रेष्ठ कायम गरी नागरिकता दिलाएको आरोप छ ।

























