वृद्धावस्थामा घरझगडा : श्रीमानकाे मृत्यु श्रीमती घाइते

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार ५, शुक्रबार १५:५५

विराटनगर । झापाको बिर्तामोड नगरपालिका–५, अन्नपूर्ण चोकमा एक वृद्धले आफ्नै श्रीमतीलाई फलामको रडले प्रहार गरी घाइते बनाएपछि घरको छतबाट हामफालेर आत्महत्या गरेका छन् ।

शुक्रबार  बिहान करिब ५:३० बजेको समयमा ७२ वर्षीय घिरेन राजवंशीले घरायसी विवादका कारण ६५ वर्षीया श्रीमती गंगामुनी राजवंशीको पेटमा फलामको रडले घोचेर घाइते बनाएका थिए । श्रीमतीलाई आक्रमण गरेलगत्तै  उनले आफ्नै तीनतले घरको छतबाट हामफालेका थिए ।

Advertisement

छतबाट हामफाल्दा टाउको, हात र खुट्टामा गम्भीर चोट लागेका घिरेनलाई तत्काल उपचारका लागि बिर्तासिटी अस्पताल पुर्‍याइएको थियो । उपचारकै क्रममा बिहान उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

श्रीमानको प्रहारबाट घाइते भएकी ६५ वर्षीया गंगामुनी राजवंशीको सोही अस्पतालमा उपचार भइरहेको छ । उनको पेटमा चोट लागेको भए तापनि अवस्था मध्यम रहेको प्रहरीले जनाएकाे छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.