विराटनगरमा चिठ्ठाको प्रलोभन देखाएर ठगी, एक जना पक्राउ

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार ६, शनिबार १९:२०

विराटनगर । आकर्षक उपहारको प्रलोभन देखाई चिठ्ठा काट्न लगाएर सर्वसाधारणलाई ठगी गरेकाे आराेपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङ जिल्ला विराटनगर महानगरपालिका– ११ महेन्द्र चोक बस्ने ३५ वर्षीय सुवास राई  छन् ।

Advertisement

उनले ‘OCEAN Digital Solution’ नामक अनाधिकृत कम्पनी खडा गरी विभिन्न इलेक्ट्रोनिक सामानहरू चिठ्ठामा पर्ने भन्दै रसिद काटेर रकम उठाउने गरेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङ र वडा प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले राईलाई शुक्रबार दिउँसो करिब २ पक्राउ गरेकाे हाे ।

उनकाे साथबाट ग्राहकहरूको नामावली उल्लेख भएको १५३ थान प्रिन्ट पाना, १५० थान रसिदको अर्धकट्टी, ४ थान अग्रिम बुकिङ फारम बरामद भएकाे छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रका अनुसार पक्राउ परेका राईमाथि अनुसन्धान भइरहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.