पन्ध्र किलो अफिमसहित दुई महिला पक्राउ

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार ७, आइतबार २०:२५
१५ किलोभन्दा बढी अफिमसहित दुई महिला पक्राउ

काठमाडौं । बर्दियाको बाँसगढीबाट ठुलो परिमाणको लागुऔषध अफिमसहित दुई जना महिला पक्राउ परेका छन् । बाँसगढी नगरपालिका–३ उत्तर भकारी क्षेत्रबाट आइतबार अपराह्न साढे ४ बजे उनीहरूलाई अफिमसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगन्ज र इलाका प्रहरी कार्यालय मोतीपुरको टोलीले विशेष सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा बढैयाताल गाउँपालिका–४ की ३० वर्षीया सन्ध्या घर्ती मगर र बाँसगढी नगरपालिका–३ की ४२ वर्षीया मीना रोकाया रहेको प्रहरीले जनाएको छ ।

Advertisement

प्रहरीका अनुसार शंका लागेर चेकजाँच गर्ने क्रममा सन्ध्या घर्ती मगरले बोकेको कालो झोलाभित्र लुकाइराखेको अवस्थामा १५ किलो ३ सय ४० ग्राम अफिम बरामद भएको छ । उनीहरूको साथबाट ३ थान मोबाइल र नगद ३४ हजार रुपैयाँ समेत बरामद गरिएको छ।

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय मोतिपुर बाँसगढीमा राखिएको प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया
१५ किलोभन्दा बढी अफिमसहित दुई महिला पक्राउ
पन्ध्र किलो अफिमसहित दुई महिला पक्राउ
रवि–बालेनको सन्देश : ‘हामी एक छौं, कुनै प्रतिस्पर्धा छैन’
समापन भयाे रास्वपा महाधिवेशनकाे उद्घाटन सत्र
रास्वपा महाधिवेशनमा रवि : सरकारबाट बालेनले गाेल हान्नु हुन्छ, झुक्किएर बल आए उतै पास दिन्छु
रास्वपाकाे हातमा देश छ, चिन्ता गर्नु पर्दैन : रवि लामिछाने
सीमा विवादमा तेस्राे पक्षकाे मध्यस्तता खाेजेकाे हाेइन : प्रधानमन्त्री
अख्तियारकाे टाेलीलाई प्रधानमन्त्री कार्यालयमा राखेकाे घटनामा बालेन : ‘५ वर्ष राख्न सक्छाैं’
रास्वपा महाधिवेशनमा गगन थापा : ‘तपाईंहरूभन्दा अग्लो बन्छौं एक दिन’
प्रदीप ज्ञवालीलाई प्रधानमन्त्रीकाे जवाफ : ‘सरकारकाे गाडी गन्तव्यमा पुगेपछि ब्रेक लाग्छ’
रास्वपा महाधिवेशनमा गगन थापा : गल्ती गर्दा प्रश्न गर्न सक्नुपर्छ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.