स्पेनको सनसनीपूर्ण जित

Share this
807shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार ८, सोमबार ०६:१३

अमेरिका । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह ‘एच’ मा स्पेनले प्रभावशाली प्रदर्शन गर्दै साउदी अरेबियामाथि ४–० को एकपक्षीय जित हासिल गरेको छ ।

अमेरिकाको एटलान्टास्थित स्टेडियममा आइतबार राति सम्पन्न खेलमा स्पेनले सुरुदेखि नै आक्रामक खेल प्रस्तुत गर्दै विपक्षीमाथि पूर्ण नियन्त्रण कायम गर्दै सनसनीपूर्ण जित निकालेको हो । खेलको १०औँ मिनेटमै युवा स्टार लामिन यामालले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए । त्यसपछि स्पेनले दबाबलाई निरन्तरता दिँदै २१औँ मिनेटमा मिकेल ओयार्जाबलमार्फत दोस्रो गोल थप्यो ।

त्यसको तीन मिनेटपछि फेरि ओयार्जाबलले नै व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै पहिलो हाफमै स्पेनलाई बलियो अवस्थामा पुर्‍याए । मध्यान्तरपछिको केही समयमै साउदी अरेबियाले थप दबाब झेल्नुपर्‍यो ।

खेलको ४९औँ मिनेटमा साउदीका डिफेन्डर हसन अल्ताम्बक्तिबाट भएको आत्मघाती गोलले स्पेनलाई ४–० को जित दिलायो । त्यसपछि दुवै टोलीले केही अवसर सिर्जना गरे पनि थप गोल हुन सकेन । स्पेनले सहज जित आफ्नो पक्षमा पार्‍यो ।

लगातार प्रभावशाली प्रदर्शन गरिरहेको स्पेनले दुई खेलबाट चार अंक जोड्दै समूह ‘एच’को शीर्ष स्थान कब्जा गरेको छ । यो जितसँगै स्पेनको नकआउट चरण प्रवेशको सम्भावना थप बलियो बनेको छ ।

समूह ‘एच’ का अन्य टोली उरुग्वे, साउदी अरेबिया र केप भर्डेले भने समान एक–एक अंक मात्र जोड्न सकेका छन् । आगामी खेलको नतिजाले समूहको अन्तिम समीकरण तय गर्ने भए पनि स्पेनले भने उत्कृष्ट गोल अन्तरसहित आफूलाई बलियो दाबेदारका रूपमा प्रस्तुत गरेको छ ।

तपाइको प्रतिक्रिया
रास्वपा सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ
नापी कार्यालयका सर्भेक्षकविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
८०८ ग्राम खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ
साढे दुई करोडभन्दा बढीको सुनका गहनासहित महिला पक्राउ
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
कोशीमा ५७७ वडामा कांग्रेस देउवा समूहको अधिवेशन
मोरङ-६ को अधिवेशनमा कुटपिटपछि कांग्रेसले फेर्यो संयोजक
माग सम्बोधन नभएपछि छात्रवृत्ति करारका चिकित्सक आन्दोलनमा
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×