नक्कली हतियार देखाई त्रास फैलाउने एक युवक पक्राउ

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार १६, मंगलबार २०:३८
मुहर्रममा नक्कली हतियार देखाई त्रास फैलाउने एक युवक पक्राउ

विराटनगर । मुहर्रम पर्व मनाउने क्रममा नक्कली हतियार प्रदर्शन गरी डर र त्रास फैलाएको आरोपमा प्रहरीले विराटनगरका एक युवकलाई पक्राउ गरेको छ ।

विराटनगर महानगरपालिका–९ का २३ वर्षीय मोहम्मद इजराइललाई नक्कली बन्दुकसहित पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए । उनका अनुसार असार १२ गते मुस्लिम समुदायले मुहर्रम पर्व मनाउने क्रममा इजराइलले नक्कली हतियार (बन्दुक) बोकेर सर्वसाधारणलाई त्रसित र आतंकति बनाएपछि पक्राउ गरिएको हो ।

Advertisement

नक्कली हतियार बोकेर हिँडेको उनको भिडियो सामाजिक सञ्जालमा आएपछि प्रहरीले असार १५ गते राति ९ः ४० बजेतिर नक्कली हतियारसहित उनलाई घरबाट नियन्त्रणमा लिएको डीएसपी मिश्रले बताए । बरामद गरिएको नक्कली हतियार र इजराइललाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखेर घटनाको थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

यसअघि मुहर्रममै पर्वकै क्रममा नक्कली हतियार विराटनगर–१३ बाट प्रहरीले बरामद गरेको थियो ।

तपाइको प्रतिक्रिया
मुहर्रममा नक्कली हतियार देखाई त्रास फैलाउने एक युवक पक्राउ
नक्कली हतियार देखाई त्रास फैलाउने एक युवक पक्राउ
देशभर मनसुन सक्रिय, अधिकांश स्थानमा वर्षाको सम्भावना
आपराधिक पृष्ठभूमिका अभिषेक गिरी : कारागारभित्रको ‘साम्राज्य’देखि सम्पत्ति शुद्धीकरणसम्म
सडक अनुगमनमा गएका प्राविधिकमाथि कुटपिट 
सडक अनुगमनमा गएका प्राविधिकमाथि कुटपिट 
कोशीलाई पूर्णखोप सुनिश्चित प्रदेश घोषणा गर्ने अन्तिम तयारी
९ लाख रूपैयाँ बढीको अवैध सामान भन्सार बुझाइयो, २ लाख ७७ हजार बराबरको नष्ट
महान्यायाधिवक्ता कँडेलको योग्यता विवादमा सर्वोच्चको नयाँ आदेश
विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण : भट्ट र अग्रवालको फाइल मगाइयो
चिया व्यापार फेरि लयमा, भारततर्फ निर्यात सुरु
पीआर र डिभी लिने ४ कर्मचारी कारबाहीमा
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.