मोरक्कोको प्रभावशाली प्रदर्शनमा क्यानडाको यात्रा समाप्त

Share this
660shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार २१, आइतबार ०६:०७

अमेरिका । सह–आयोजक क्यानडा फिफा विश्वकप २०२६ बाट बाहिरिने तीन आयोजक राष्ट्रमध्ये पहिलो टोली बनेको छ ।

टेक्सासको ह्युस्टनमा सम्पन्न अन्तिम–१६ को प्रतिस्पर्धामा मोरक्कोसँग ३–० ले पराजित भएपछि क्यानडाको ऐतिहासिक विश्वकप यात्रा समाप्त भएको हो । यस जितसँगै मोरक्को लगातार दोस्रो विश्वकपमा क्वाटरफाइनल पुग्ने पहिलो अफ्रिकी राष्ट्र बनेको छ ।

Advertisement

खेलको सुरुआत भने क्यानडाको पक्षमा निकै उत्साहजनक देखिएको थियो । पहिलो ११ मिनेटभित्र नै जोनाथन डेभिड र टानी ओलुवासेयीले गोल गर्ने उत्कृष्ट अवसर सिर्जना गरेका थिए । तर, मोरक्कोका अनुभवी गोलरक्षक बोनोले दुवै प्रयास उत्कृष्ट रूपमा बचाउ गर्दै टोलीलाई सुरुआती संकटबाट जोगाए ।

पहिलो हाफमा क्यानडाको दबाब झेलेको मोरक्कोले दोस्रो हाफ सुरु भएपछि खेलको लय पूर्ण रूपमा आफ्नो पक्षमा मोड्यो । खेलको ५०औँ मिनेटमा अशरफ हाकिमीले प्रहार गरेको फ्रिकिकबाट आएको बललाई अजेदिन ओउनाहीले उत्कृष्ट फिनिस गर्दै मोरक्कोलाई अग्रता दिलाए ।

त्यसपछि मोरक्कोले खेलमाथि नियन्त्रण कायम राख्दै क्यानडालाई अवसर सिर्जना गर्नै दिएन । ८२औँ मिनेटमा तीव्र काउन्टर आक्रमणमार्फत ओउनाहीले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता २–० पुर्‍याए । इन्जुरी समयको अन्तिम क्षणमा सौफियान रहिमीले गोलरक्षक म्याक्सिम क्रेपोलाई बिट गर्दै तेस्रो गोल थपेपछि मोरक्कोले ३–० को सहज जित सुनिश्चित गर्‍यो ।

प्रतिस्पर्धाभर दुवै टोलीबीच कडा टक्कर देखिएको थियो । खेलका क्रममा इंग्लिस रेफ्री माइकल ओलिभरले आठवटा पहेँलो कार्ड देखाएका थिए । जसले खेलको प्रतिस्पर्धात्मक र तनावपूर्ण अवस्था झल्काएको थियो ।

पराजयपछि पनि क्यानडाका मुख्य प्रशिक्षक जेसी मार्सले आफ्ना खेलाडीको प्रदर्शनप्रति सन्तुष्टि व्यक्त गरे । उनले आफ्नो टोलीले विश्व वरीयताको सातौँ स्थानमा रहेको मोरक्कोविरुद्ध उत्कृष्ट खेल प्रस्तुत गरेको बताए ।

मार्सले भने, ‘आज खेलको सुरुदेखि एउटै टोली हाबी थियो । हामी विश्व वरीयताको सातौँ स्थानमा रहेको टोलीभन्दा राम्रो खेलेका थियौँ ।’ उनले अवसरहरूको सदुपयोग गर्न नसक्नु नै टोलीको हारको मुख्य कारण बनेको स्वीकार गरे ।

प्रतियोगिताबाट बाहिरिए पनि यो संस्करण क्यानडाका लागि ऐतिहासिक रह्यो । यस विश्वकपमा क्यानडाले पुरुष विश्वकप इतिहासमै पहिलो अंक हासिल गर्‍यो । पहिलो जित निकाल्यो, पहिलो पटक समूह चरण पार गर्‍यो र पहिलो पटक नकआउट चरणमा पनि जित दर्ता गर्दै नयाँ इतिहास रच्यो । त्यसैले अन्तिम–१६ बाट यात्रा टुंगिए पनि यो विश्वकप क्यानडाली फुटबलका लागि महत्वपूर्ण उपलब्धिहरूले भरिएको प्रतियोगिताका रूपमा स्मरणीय रहनेछ ।

उता मोरक्को भने सन् २०२२ को विश्वकपमा गरेको ऐतिहासिक सेमिफाइनल यात्रालाई दोहोर्याउने लक्ष्यतर्फ थप एक कदम नजिक पुगेको छ । अब सेमिफाइनल प्रवेशका लागि मोरक्कोले क्वाटरफाइनलमा फ्रान्स र पाराग्वेबीच हुने खेलको विजेता फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ ।

तपाइको प्रतिक्रिया
जेसीज तालिम सप्ताह: एकै दिन ‘स्टार्ट अप माइन्ड सेट’ र ‘एआई फर न्युज रुम’ तालिम
जेसीज तालिम सप्ताह: एकै दिन ‘स्टार्ट अप माइन्ड सेट’ र ‘एआई फर न्युज रुम’ तालिम
कोशीका सबै पूर्वाधार विकास कार्यालयलाई ‘हाई अलर्ट’मा रहन निर्देशन
कोशीका सबै पूर्वाधार विकास कार्यालयलाई ‘हाई अलर्ट’मा रहन निर्देशन
काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति शर्माको निधन
मोरङ कारागारमा २८१ कैदीबन्दीको आँखा परीक्षण, ४० जनामा मोतियाविन्दु
कांग्रेस इटहरीको सचिवमा शिक्षकको उम्मेदवारी, कानुनी प्रश्न उठेपछि फिर्ता !
विद्यार्थीलाई सामाजिक उत्तरदायित्व बहन गर्न आग्रह
विद्यार्थीलाई सामाजिक उत्तरदायित्व बहन गर्न आग्रह
एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक कराँतेमा  
एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक कराँतेमा  
पोखराबाट फ्लाई दुबईको नियमित उडान सुरु
ताप्लेजुङमा भिरबाट लडेर पुरुषको मृत्यु
कोशी, बागमती र गण्डकीमा ‘धेरै भारी’ वर्षाको सम्भावना 
भारी वर्षाको सम्भावनापछि मोरङ र सुनसरी प्रशासनद्वारा सतर्कता अपनाउन आग्रह
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×