‘पत्रकार’भन्दै प्रहरीमाथि अभद्र व्यवहार गर्ने दुई जना पक्राउ

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार २१, आइतबार १७:३५

विराटनगर । पत्रकारको परिचयपत्र देखाएर प्रहरीमाथि अभद्र व्यवहार गरेकाे आराेपमा दुई जनालाई विराटनगरबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।

लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले आइतबार दिउँसो विराटनगर–१६ स्थित दरैया चोकबाट विराटनगर–१ का ३६ वर्षीय पेशल घिमिरे र विराटनगर–४ का राहुल सरदारलाई पक्राउ गरेको हो । भारतको जोगबनीबाट नेपाल प्रवेश गर्दै गरेका उनीहरूलाई नियमित चेकजाँचका क्रममा प्रहरीले रोकेको थियो । सोही क्रममा उनीहरूले आफू पत्रकार भएको भन्दै प्रहरीमाथि अभद्र व्यवहार गरेको मोरङ प्रहरीले जनाएको छ । उनीहरुले लागुऔषध  सेवन गरी प्रहरीमाथि अभद्र व्यवहार गरेकाे आराेप छ ।

पक्राउ परेका घिमिरेको साथबाट’शब्द एक्सप्रेस अनलाइन’को रिपोर्टर लेखिएको प्रेस कार्ड बरामद भएको छ । कार्डमा जारी मिति र म्याद उल्लेख नभएकाले परिचयपत्र नक्कली हुनसक्ने प्रहरीको आशंका छ ।  प्रदेश १–०२–०४१ प २०९० नम्बरको मोटरसाइकलसहित नियन्त्रणमा लिएकाहरुमाथि लागुऔषध सेवन र अभद्र व्यवहार कसुरमा अनुसन्धान अघि बढाइएको माेरङ प्रहरीले जनाएकाे छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.