टोपबहादुर राज्यविरुद्धको कसूरमा दाेषी, बालकृष्ण खाण ‘मतियार’

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार २३, मंगलबार २०:५६

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी राज्यविरुद्धकाे कसूरमा दाेषी ठहर भएका छन् ।  काठमाडौं जिल्ला अदालतले याे कसूरमा ९ जना दोषी ठहर गरेकाे छ ।

पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई भने राज्यविरुद्धको कसूरमा ‘मतियार’को रूपमा दोषी ठहर भएका छन् ।

जिल्ला न्यायाधीश तेजबहादुर खड्काको इजलासले मंगलबार गरेको फैसलाअनुसार नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाएर विदेश पठाउने कार्यले राज्यको स्वाभिमान र अन्तर्राष्ट्रिय छविमा आँच पुर्‍याएको भन्दै राज्यविरुद्धको कसूरमा टोपबहादुर रायमाझी, पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्रीका सुरक्षा सल्लाहकार डा. ईन्द्रजित राई, गिरोहका मुख्य सदस्यहरू केशव प्रसाद दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, विक्रम भन्ने गोविन्द कुमार चौधरी र आङटावा शेर्पालाई दाेषी ठहर गरेकाे हाे ।

अन्य प्रतिवादी बालकृष्ण खाणलाई भने राज्यविरुद्धको कसूरमा ‘मतियार’को रूपमा मात्र दोषी ठहर गरिएको छ। दोषी ठहर भएका सबैको सजाय निर्धारण आगामी असार २९ गते हुनेछ ।

तपाइको प्रतिक्रिया
टोपबहादुर राज्यविरुद्धको कसूरमा दाेषी, बालकृष्ण खाण ‘मतियार’
नक्कली भुटानी शरणार्थी प्रकरणमा अधिकांश आरोपी दाेषी ठहर, सजाय निर्धारणका लागि अर्काे पेशी
मन्त्रीहरू भाषण सकेर बाहिरिएपछि खेलकुद सरोकारवाला आक्रोशित
‘मन्त्री नै हिँडेपछि कसलाई सुनाउने समस्या ?’ : खेलकुद सरोकारवालाको विरोध
शृंखला तयारीका लागि महिला कबड्डी टोली झापा 
शृंखला तयारीका लागि महिला कबड्डी टोली झापा 
विराटनगर महानगरद्वारा ५० प्रतिशत अनुदानमा डी–फ्रिज र सिँचाइ मोटर वितरण
विराटनगर महानगरद्वारा ५० प्रतिशत अनुदानमा डी–फ्रिज र सिँचाइ मोटर वितरण
अदालतले छाडेलगत्तै पक्राउ परेका अभिषेक गिरीमाथि के छ आराेप ?
सांसदलाई रास्वपाले भन्याे : बाेल्नुअघि ‘नाेट’ देखाउनु
सार्वजनिक स्थलमा अश्लील अंग देखाउने शिक्षा अधिकृतविरुद्ध म्याद थप
 जबरजस्ती करणी गरेको आरोपमा पाँच जना पक्राउ 
जबरजस्ती करणी गरेको आरोपमा पाँच जना पक्राउ 
संघीय संसद्को दुवै सदनबाट बजेट पारति
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.