विश्वकप फुटबल : क्वार्टरफाइनल समीकरण पूरा

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार २४, बुधबार ०७:४३

काठमाडौं । फिफा विश्वकप फुटबल २०२६ काे क्वार्टरफाइनल समीकरण पूरा भएको छ । अन्तिम १६ मा बुधबार बिहान कोलम्बिया र स्विट्जरल्याण्डबीचको खेल सकिएसँगै क्वार्टरफाइनल समीकरण पूरा भएको हो ।

अन्तिम १६ बाट क्वार्टरफाइनलमा फ्रान्स, मोरक्को, स्पेन, बेल्जियम, नर्वे, इंग्ल्याण्ड, अर्जेन्टिना र स्विट्जरल्यान्ड पुगेका छन् ।

कुन टिम कोसँग खेल्दै ?

फिफा विश्वकप फुटबल अन्तर्गत क्वार्टरफाइनलको पहिलो खेलमा फ्रान्स र मोरक्को भिड्नेछन् । यो खेल जुलाई १० तारिखमा नेपाली समयअनुसार राति पौने २ बजे सुरु हुनेछ । जुलाई ११, राति पौने १ बजे स्पेन र बेल्जियमबीचकाे खेल हुनेछ । जुलाई १२, बिहान पौने ३ बजे नर्वे र इंग्ल्याण्डबीच खेल हुनेछ । जुलाई १२, बिहान पौने ७ बजे अर्जेन्टिना र स्विट्जरल्याण्डबीचकाे खेल हुनेछ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.