
काठमाडौं । नर्वेलाई हराउँदै इंग्ल्यान्ड विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
विश्वकप फुटबलकाे तेस्रो क्वाटरफाइनलमा नर्वेलाई २-१ ले हराउँदै इंग्ल्यान्ड सेमिफाइनलमा प्रवेश गरेको हाे ।
सेमिफाइनलमा स्थान बनाउने क्रममा उसका स्टार स्ट्राइक जुड बेलिङ्घमले २ गोल गरे। इंग्ल्यान्डको यो समग्रमा चौंथो सेमिफाइनल यात्रा हो ।
निर्धारित समय १-१ गोलको बराबरी भएपछि अतिरिक्त समयमा खेल धकेलिएको थियो । जहाँ इंग्ल्यान्डले अग्रता बनाउँदै खेल २-१ ले आफ्नो पक्षमा पार्यो ।



















