काठमाडौंबाट धरान आउँदै गरेको बस दुर्घटना हुँदा ८ जना घाइते 

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २, शनिबार १५:२०

रौतहट । पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिका–४ दोस्रो लाच्कामा ट्रकले २ वटा यात्रुवाहक बसलाई ठक्कर दिँदा ८ जना घाइते भएका छन् ।
जनकपुरबाट गरुडातर्फ जाँदै गरेको म प्र ०२–००१ क ०८६७ नम्बरको ट्रकले काठमाडौंबाट धरानतर्फ गइरहेका बा प्र ०३–००१ ख ५२८४ र बा प्र ०३–००१ ख ३६६० नम्बरका यात्रुवाहक बसलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ठक्करको प्रभावले बा प्र ०३–००१ ख ३६६० नम्बरको बस सडकमै पल्टिएको थियो ।

दुर्घटनामा ट्रकका सहचालक धनुषाधाम नगरपालिका–९ का ६० वर्षीय लालबहादुर तामाङ, बस चालक हेटौँडा उपमहानगरपालिकाका ४३ वर्षीय विकास पौडेल, सुनसरीका ४५ वर्षीय प्रदीप खड्का, इनरुवा नगरपालिका–२ की ५७ वर्षीया निर्मला देवी गुप्ता, मोरङको सुन्दरहरैँचा नगरपालिका–५ का ४६ वर्षीया ऋतु वर्ण कार्की, ४४ वर्षीय मेघराज कार्की, इटहरी उपमहानगरपालिकाका ३२ वर्षीय सफल मगर तथा सुन्दरहरैँचा–५ कै ५४ वर्षीया दिलमाया कार्की घाइते भएका छन् ।

Advertisement

घाइतेमध्ये अधिकांशको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। इटहरीका सफल मगरको प्रारम्भिक उपचार चन्द्रपुरस्थित सीमन्त हाइवे अस्पतालमा गरिएको भए पनि उनी उपचारकै क्रममा आफैँ अस्पतालबाट हिँडेको प्रहरीले जानकारी दिएको छ।

दुर्घटनामा संलग्न ट्रक चालक महोत्तरीको बर्दिबास नगरपालिकाका ३५ वर्षीय लालबहादुर मगरले मादक पदार्थ सेवन गरेको प्रारम्भिक परीक्षणबाट पुष्टि भएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
पातालगंगा सहकारी ठगी प्रकरण : अध्यक्ष खनाललाई ६ वर्ष कैद सजाय, परिवारका सदस्य दोषी ठहर
‘श्रम शोषण बन्द गर, उचित पारिश्रमिक दे’ : माग राख्दै काठमाडौंमा युवा चिकित्सकको प्रदर्शन
‘श्रम शोषण बन्द गर, उचित पारिश्रमिक दे’: माग राख्दै काठमाडौंमा युवा चिकित्सकको प्रदर्शन
मन्दिरको सामान चोरी गर्ने तीन युवक पक्राउ 
मन्दिरको सामान चोरी गर्ने तीन युवक पक्राउ 
झापामा करेन्ट लागेर दुई युवकको मृत्यु
श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ 
श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ 
काठमाडौंबाट धरान आउँदै गरेको बस दुर्घटना हुँदा ८ जना घाइते 
नयाँ समीकरणका लागि कांग्रेस-एमाले फकाउँदै नेकपा
२३ जिल्लामा राती सवारी चलाउन रोक
बागमती सरकारबाट बाहिरिँदै एमाले : ६ मन्त्रीले सामूहिक राजीनामा दिने
‘प्रदेश सरकारको अस्थिरतामा एमाले-कांग्रेस नै दोषी, प्रदेशसभा विघटनको हल्ला निराधार’
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×