अभिषेक गिरीकाे साढुभाइको घरमा प्रहरीको छापा

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण ३, आइतबार १८:३२
फाइल फोटो ।

विराटनगर । ठगी तथा आपराधिक विश्वासघातको आरोपमा पक्राउ परेका गुण्डानाइके अभिषेक गिरीमाथि अनुसन्धान गर्ने क्रममा प्रहरीले उनकाे साढुभाइकाे घरमा छापा मारेकाे छ ।

गिरीसँग शंकास्पद काराेबारदेखिएपछि आइतबार विराटनगर–१ भट्टाचौकस्थित गिरीका साढुभाइ लक्ष्मी प्रसाँइको घरमा खानतलासी गरेकाे हाे । साेही क्रममा प्रहरीले घरबाट केही कागजात बरामद गरेको छ ।

Advertisement

निर्माण व्यवसायी सुवास श्रेष्ठलाई पहुँचका आधारमा ठेक्का पारिदिने भन्दै ठगी गरेको उजुरी परेपछि गिरी अहिले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को नियन्त्रणमा छन् ।

गत असार १३ गते माेरङ कारागारका कैदीबन्दीलाई बाढिएकाे भत्ता लिएर गएपछि पक्राउ परेका उनलाई जिल्ला अदालतले असार २२ गते थुनामुक्त गर्न आदेश दिएकाे थियाे ।लगत्तै सीआईबीले पुनः पक्राउ गरी काठमाडाैं लगेकाे थियाे ।

माेरङ प्रहरी प्रवक्ता डिएसपी मकेन्द्रकुमार मिश्रका अनुसार साढुभाईकाे घरमा खातनलासी गरिएकाे बताए । उनले खानतलासीका क्रममा केही फेला नपरेकाे बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×