मधेश प्रदेशका पूर्वअर्थमन्त्रीसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण ७, बिहीबार १७:४३

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेशका पूर्वअर्थमन्त्री शैलेन्द्रप्रसाद साह सहित सात जनामाथि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सर्लाहीको बाग्मती म्युनिसिपल पार्क र रिसोर्ट निर्माणमा भ्रष्टाचार गरेको आरोपमा  मधेश प्रदेश सरकारको अर्थमन्त्रालयका तत्कालीन सचिव गजेन्द्रकुमार ठाकुर, सर्लाहीको बागमती नगरपालिकाका मेयर भरतकुमार थापा, उपप्रमुख लीलाकुमारी मोक्तान, प्रमुख प्रशाकीय अधिकृत विमलकुमार पोखरेल, मधेश प्रदेश सरकारको अर्थमन्त्रालयका उपसचिव उद्धवराज न्यौपाने र ठेकेदार बिकोई धुलिखेल जेवीका प्रतिनिधि युवराज पोखरेलमाथि भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

Advertisement

अख्तियारले निर्माणका क्रममा ३९ करोड ३९ लाख रुपैयाँ भ्रष्टाचार भएको दाबी गर्दै मुद्द  दायर गरेकाे हाे ।  मधेश प्रदेश सरकारका पूर्वअर्थमन्त्री साह र सचिव ठाकुरमाथि ३५ करोड रुपैयाँ बिगो मागदाबी छ ।

अख्तियारले  पूर्वमेयर थापा, उपमेयर मोक्तान र प्रमुख प्रशासकीय अधिकृत पोखरेलमाथि ३९ करोड ३९ लाख रुपैयाँ हानिनोक्सानी पुर्‍याएको आरोप लगाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×