भानुभक्त र घाँसीको सालिक तोडफोड गर्ने युवक पक्राउ

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १०, आइतबार १०:४३
भानुभक्त र घाँसीको सालिक तोडफोड गर्ने युवक पक्राउ

काठमाडौं । लमजुङको मध्यनेपाल नगरपालिकामा आदिकवि भानुभक्त आचार्य र घाँसी खड्कबहादुर ठाडा मगरको सालिक तोडफोड गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तनहुँको व्यास नगरपालिका–७ का ३४ वर्षीय रोशन कुँवर रहेका छन् । उनलाई इलाका प्रहरी कार्यालय भोर्लेटारको टोलीले शुक्रबार पक्राउ गरेको हो । गत बुधबार मध्यनेपाल नगरपालिका–४, दुई पिप्ले बगैँचास्थित ‘भानु घाँसी संवाद पार्क’ भित्र रहेका ती सालिकहरू तोडफोड गरिएका थिए । सालिक तोडफोड भएको जानकारी पाए लगत्तै प्रहरीले दोषीको खोजी कार्य तीव्र पारेको थियो ।

Advertisement

प्रहरीका अनुसार पक्राउ परेका कुँवरविरुद्ध ‘आपराधिक उपद्रव’ शीर्षकमा मुद्दा दर्ता गरिएको छ । उनीमाथि जिल्ला अदालतबाट म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×