थाइल्यान्डबाट तस्करी गरी ल्याइएको गाँजासहित तीन भारतीय नागरिक पक्राउ

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १७, आइतबार १३:५३
थाइल्यान्डबाट तस्करी गरी ल्याइएको ११ केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

काठमाडौं । थाइल्यान्डबाट तस्करी गरी नेपाल ल्याइएको ११ केजी लागुऔषध गाँजासहित प्रहरीले तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गरिएको विशेष सुरक्षा जाँच र यात्रुहरूको ‘प्रोफाइलिङ’ का क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

लागुऔषध नियन्त्रण ब्युरोका अनुसार क्याथे प्यासिफिक एयरवेजको उडान नम्बर सिएक्स ६०२ मार्फत थाइल्यान्डबाट हङकङ हुँदै काठमाडौं आएका दुई भारतीय नागरिकको झोला खानतलासी गर्दा सो परिमाणको गाँजा फेला परेको थियो । पक्राउ पर्नेमा भारतको पन्जाब लुधियानाका ३० वर्षीय सोनी र २३ वर्षीय जगरूप सिंह रहेका छन् ।

Advertisement

प्रहरीले उनीहरूलाई पछ्याउँदै जाँदा सो गाँजा बुझ्न विमानस्थल पुगेका अर्का एक भारतीय नागरिक हरियाणाको कैथलका २२ वर्षीय साहिललाई पनि पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूको साथबाट प्रहरीले ११ केजी गाँजा, ३ थान राहदानी (पासपोर्ट) र ३ थान मोबाइल फोन बरामद गरेको छ ।

थाइल्यान्डबाट लुकाई छिपाइ ल्याइएको उक्त लागुऔषध कसका लागि र कहाँ लैजान लागिएको थियो भन्नेबारे ब्युरोले सूक्ष्म अनुसन्धान थालेको जनाएको छ । पक्राउ परेका तीनै जनालाई हिरासतमा राखी लागुऔषध नियन्त्रण ऐन अन्तर्गत थप कानुनी कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
कर्पोरेट क्रिकेट लिगको तेस्रो सिजन भदौ १८ देखि हुने
देवानगन्जमा जनप्रतिनिधि र प्रहरीको पहलपछि भिड साम्य, घाइते महिलाको विराटनगरमा उपचार हुँदै
उदयपुरमा पोखरीमा डुबेर बेपत्ता भएकी बालिका मृत फेला
उदयपुरमा पोखरीमा डुबेर बेपत्ता भएकी बालिका मृत फेला
नेपाल बारले सुरु गर्‍यो देवानगन्ज घटनाको स्थलगत अध्ययन
 राष्ट्र बैंकको अध्ययन: कोशी प्रदेशमा स्टार्टअप उद्यम फस्टाउँदै
नीतिगत अस्थिरता : सेयर, कर्जा र आयातमा गिरावट आउने राष्ट्र बैंकको निष्कर्ष
अनुदान कटौती र भण्डारण अभावले संकटमा मोरङको जुट खेती
देवानगन्जमा घाँस काट्न गएकी महिलालाई ढुंगाले लाग्यो, तनावको सम्भावनासँगै बढाइयो सुरक्षा सतर्कता
कोशीमा मुख्यमन्त्री कार्कीलाई फेर्ने कसरत
थाइल्यान्डबाट तस्करी गरी ल्याइएको ११ केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ
थाइल्यान्डबाट तस्करी गरी ल्याइएको गाँजासहित तीन भारतीय नागरिक पक्राउ
राजविराज र बोदेबरसाइनमा कर्फ्यु हटाइ निषेधाज्ञा लागू
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.