मेचीनगरबाट दुई लाख ६६ हजार बराबरको सामान बरामद

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २१, बिहीबार ०६:४५
मेचीनगरबाट दुई लाख ६६ हजार बराबरको सामान बरामद

झापा । झापाको मेचीनगर नगरपालिका–६ स्थित हनुमान मन्दिर क्षेत्रबाट प्रहरीले करिब दुई लाख ६६ हजार रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ । भारतबाट भन्सार छली गरी नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा ती सामग्रीहरू नियन्त्रणमा लिइएको झापा प्रहरीले जनाएको छ ।

झापा प्रहरीका प्रवक्ता डीएसपी रञ्जन अवाले बुधबार साँझ इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले उक्त सामान बरामद गरेको जानकारी दिए ।  उनका अनुसार बरामद गरिएका सामानहरूमा मोबाइलका विभिन्न सहायक सामग्री (एक्साेसेरिज) र बालबालिकाका कपडा रहेका छन् ।

Advertisement

बरामद गरिएका मोबाइल सामग्रीको बजार मूल्य दुई लाख ५५ हजार ४२५ रुपैयाँ र बालबालिकाको कपडाको मूल्य १० हजार ६०० रुपैयाँ गरी कुल दुई लाख ६६ हजार २५ रुपैयाँ बराबर रहेको छ ।

पक्राउ परेका सबै सामानहरूलाई आवश्यक कानुनी प्रक्रिया पूरा गर्नका लागि हाल इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको प्रहरीले जनाएको छ। सीमा क्षेत्रमा हुने अवैध तस्करी नियन्त्रणका लागि प्रहरीले सक्रियता बढाएको डीएसपी अवाले बताए ।

तपाइको प्रतिक्रिया
संसद्‌मा ठाडो भाषा प्रयोग गरेकोमा गृहमन्त्री गुरुङले मागे माफी
गृहमन्त्रीको अभिव्यक्तिको विरोध, ‘प्रश्न सोध्न रोक्नु अलोकतान्त्रिक’
निर्मला पन्तको न्यायबारे गृहमन्त्री : ‘पीडित परिवारको घाउ नकोट्याऔं’
चितवनमा २० किलो चरेससहित दुई जना पक्राउ
चितवनमा २० किलो चरेससहित दुई जना पक्राउ
पाथीभरा मन्दिरको प्रसाद अब हुलाकमार्फत देश-विदेशमा पठाइने
‘हिन्दू अधिराज्य र संवैधानिक राजसंस्था पुनःस्थापना हाम्रो एजेन्डा’
ग्यास अभाव: कालोबजारी र कृत्रिम अभावबारे उजुरी गर्न मन्त्रालयको आग्रह
आवासीय चिकित्सकको श्रम शोषण रोक्न माग
नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त
अपहरणमा परेका ३०८ जनाको एकै दिन सकुशल उद्धार
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.