चितवनमा २० किलो चरेससहित दुई जना पक्राउ

Share this
711shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २१, बिहीबार १४:३५
चितवनमा २० किलो चरेससहित दुई जना पक्राउ

काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिकाबाट प्रहरीले ठूलो परिमाणमा लागुऔषध चरेससहित दुई जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मुग्लिङको टोलीले बिहीबार बिहानका राति १ः ०० बजेतिर  इच्छाकामना गाउँपालिका–५ स्थित सडकबाट उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

मकवानपुरको थाहा नगरपालिका–११ का ४१ वर्षीय मोहन गोले र सोही स्थानका ३९ वर्षीय भीमबहादुर स्याङताङलाई चरेससहित पक्राउ गरेको प्रहरीले जनाएको छ । पैदल हिँडिरहेका उनीहरूलाई शंका लागेर चेक गर्दा निजहरूले बोकेको झोलाभित्र पहेँलो टेपले बेरेर राखिएको अवस्थामा चरेस फेला परेको थियो । प्रहरीका अनुसार दुवै जनाको साथबाट २०–२० पोका गरी जम्मा ४० पोका चरेस बरामद गरिएको छ ।

बरामद गरिएको चरेसको तौल १०–१० केजी गरी गरी जम्मा २० केजी रहेको प्रहरीले जनाएको छ।
पक्राउ परेका दुवै जनालाई लागुऔषध नियन्त्रण ऐन बमोजिम कारबाहीका लागि हिरासतमा राखेर थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×