ग्यास अभाव: कालोबजारी र कृत्रिम अभावबारे उजुरी गर्न मन्त्रालयको आग्रह

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २१, बिहीबार १३:३८

काठमाडौं । देशैभरि खाना पकाउने एलपी ग्यासको चरम अभाव देखिएपछि सरकारले गुनासो सुनुवाइ र बजार अनुगमनमा सक्रियता बढाएको छ। ग्यास नपाएर उपभोक्ताहरू घण्टौँसम्म लाइनमा बस्न बाध्य भइरहेका बेला उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कालोबजारी र कृत्रिम अभावबारे जानकारी दिन सर्वसाधारणसँग आग्रह गरेको छ।

उद्योगमन्त्री गौरीकुमारी यादवको सचिवालयले सूचना जारी गर्दै बजारमा ग्यास पाउन कठिनाइ भए वा कसैले कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गरेमा ९८५१११६७७३ मा सिधै सम्पर्क गर्न अपिल गरेको हो। उपभोक्ताबाट प्राप्त जानकारी र गुनासोलाई गम्भीरतापूर्वक लिँदै तत्काल समस्या समाधानका लागि पहल गरिने मन्त्रालयले जनाएको छ।

Advertisement

गत २० दिनदेखि बजारमा ग्यास आपूर्ति असहज बन्दा सर्वसाधारण रित्तो सिलिन्डर लिएर फर्किन बाध्य छन्। यही विषम परिस्थितिको फाइदा उठाउँदै केही व्यवसायीले कृत्रिम अभाव सिर्जना गर्ने र बढी मूल्य लिने गरेको गुनासो बढेपछि मन्त्रालयले सिधै मन्त्रीको सचिवालयमा उजुरी गर्न सकिने व्यवस्था मिलाएको हो।

तपाइको प्रतिक्रिया
संसद्‌मा ठाडो भाषा प्रयोग गरेकोमा गृहमन्त्री गुरुङले मागे माफी
गृहमन्त्रीको अभिव्यक्तिको विरोध, ‘प्रश्न सोध्न रोक्नु अलोकतान्त्रिक’
निर्मला पन्तको न्यायबारे गृहमन्त्री : ‘पीडित परिवारको घाउ नकोट्याऔं’
चितवनमा २० किलो चरेससहित दुई जना पक्राउ
चितवनमा २० किलो चरेससहित दुई जना पक्राउ
पाथीभरा मन्दिरको प्रसाद अब हुलाकमार्फत देश-विदेशमा पठाइने
‘हिन्दू अधिराज्य र संवैधानिक राजसंस्था पुनःस्थापना हाम्रो एजेन्डा’
ग्यास अभाव: कालोबजारी र कृत्रिम अभावबारे उजुरी गर्न मन्त्रालयको आग्रह
आवासीय चिकित्सकको श्रम शोषण रोक्न माग
नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त
अपहरणमा परेका ३०८ जनाको एकै दिन सकुशल उद्धार
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.