कोशी, बागमती र कर्णालीमा भारी वर्षा 

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २३, शनिबार ०६:२५
कोशी, बागमती र गण्डकी सहित धेरै प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। कोशी, मधेस र बागमती प्रदेशलगायत बाँकी हिमाली तथा पहाडी भागमा साधारणतया बदली रहेको छ भने तराई भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ।

बागमती प्रदेशका केही स्थानमा मेघगर्जनसहित हल्का वर्षा भइरहेको छ। कोशी, मधेस र लुम्बिनी प्रदेशका एक दुई स्थानमा पनि हल्का वर्षा भइरहेको छ। महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगका केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।

Advertisement

कोशी र बागमती प्रदेशका पहाडी भागका धेरै तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका केही स्थानमा मध्यमको वर्षा हुने सम्भावना छ। साथै, तराईका केही स्थानमा पनि मध्यम वर्षाको सम्भावना छ। कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

यसैगरी, आज राति देशभर साधारणतया बदली रहने छ भने हिमाली तथा पहाडी भागका केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, मधेस र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । कर्णाली प्रदेशका पहाडी भागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ। भारी वर्षाका कारण गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयको जोखिम बढ्न सक्ने भएकाले ती क्षेत्रका बासिन्दालाई आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।

यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायात सेवा प्रभावित हुनसक्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरिएको हो ।

तपाइको प्रतिक्रिया
सरकारको कार्यशैली, पार्टीको अवस्था र अदालतको आदेशबारे थापाको कडा टिप्पणी
ओलीले निर्देशन दिएकै दिन मुख्यमन्त्री कार्कीले पद छाड्ने दाबी
मृतकसँग मनमुटाव वा नोटमा नाम उल्लेख हुँदैमा आत्महत्या दुरुत्साहन नठहरिने सर्वोच्चको व्याख्या
डिम्ब तस्करी प्रकरण: डा. नूतन शर्मा बयानपछि हाजिर जमानीमा रिहा
नेपालयद्वारा २५ वर्षमुनिका ७५ युवा लेखकका तीन पुस्तक लोकार्पण
सरकारले बाटो बिराए कान समातेर लिकमा ल्याउँछौँ: रास्वपा सभापति लामिछाने
सुधार केन्द्रमा रहेका युवकको मृत्यु
मोरङ, सुनसरी र झापाबाट गाँजा र ब्राउन सुगरसहित १० जना पक्राउ
पूर्वमेयर सिंह जंगलमा मृत अवस्थामा भेटिए
ट्राफिक प्रहरीलाई व्यवहारमा नम्रता अपनाउन निर्देशन
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.