कविता: यादका फूलहरू

मुलुकी खबर
सुजन विश्वकर्मा
clock२०८३ श्रावण २३, शनिबार ०७:५८
कविता: यादका फूलहरू

बिछोडमा छुटिँदा पनि रमाउँछन् पातहरू
तर मिलनमा पनि थरथर काँप्छन् हातहरू
धेरै केही अपेक्षा नराख्ने गर्नु जीवनबाट
किनकि आँसु नै हुन् आँखाका सौगातहरू

टाढा भए पनि सम्झनाका फूलहरू गाँसिदिनु
जिन्दगी यस्तै रहेछ भनी मुसुक्क हाँसी दिनु

Advertisement

सबै खुसीहरू हराए दु:ख जाने नाम लिँदैन
मृत्यु नै रहेछ जसले कुनै पनि दाम लिँदैन

सुखको फुल टिप्नु पीडाका सबै काँडा भाँचिदिन
वास्तविकता जस्तो भए पनि कल्पनामै बाँची दिनु

कोही होस् न होस् उमेर आफै ढल्किने गर्छ
तिम्रै यादले दिनदिनै यो छाती सल्किने गर्छ

चाहे हार होस् या जित सबै थोक भुलेर नाची दिनु
थोरै मायाका रङ्गहरू आफ्नो लागि पनि साँची दिनु

 

तपाइको प्रतिक्रिया
ओलीले निर्देशन दिएकै दिन मुख्यमन्त्री कार्कीले पद छाड्ने दाबी
मृतकसँग मनमुटाव वा नोटमा नाम उल्लेख हुँदैमा आत्महत्या दुरुत्साहन नठहरिने सर्वोच्चको व्याख्या
डिम्ब तस्करी प्रकरण: डा. नूतन शर्मा बयानपछि हाजिर जमानीमा रिहा
नेपालयद्वारा २५ वर्षमुनिका ७५ युवा लेखकका तीन पुस्तक लोकार्पण
सरकारले बाटो बिराए कान समातेर लिकमा ल्याउँछौँ: रास्वपा सभापति लामिछाने
सुधार केन्द्रमा रहेका युवकको मृत्यु
मोरङ, सुनसरी र झापाबाट गाँजा र ब्राउन सुगरसहित १० जना पक्राउ
पूर्वमेयर सिंह जंगलमा मृत अवस्थामा भेटिए
ट्राफिक प्रहरीलाई व्यवहारमा नम्रता अपनाउन निर्देशन
‘संविधानका उपलब्धि कमजोर बनाउने गतिविधि अस्वीकार्य’
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.