झारफुकका नाममा बालिका कुट्ने ५९ वर्षीय वृद्ध पक्राउ

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २३, शनिबार ११:००
झारफुकका नाममा बालिका कुट्ने ५९ वर्षीय वृद्ध पक्राउ

काठमाडौं । झारफुक गर्ने बहानामा १४ वर्षीया बालिकालाई अमानवीय ढंगले कुटपिट गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । जाजरकोटको बारेकोट गाउँपालिका–६ धुमाका ५९ वर्षीय हिरालाल चलाउनेलाई बालिकालाई कुटपिट गरेको आरोपमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।

घटना गत असार ५ गते दिउँसोको हो। सार्वजनिक सडकमा नै चलाउनेले ती बालिकालाई ‘झारफुक गर्ने’ भन्दै हात र मुक्काले कुटपिट गरेका थिए । बालिकामाथि गरिएको सो हिंसाको भिडियो ढिलो गरी सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । भिडियो भाइरल भएसँगै सर्वत्र आलोचना र कारबाहीको माग उठेपछि प्रहरीले चलाउनेको खोजी तीव्र पारेको थियो ।

Advertisement

फरार रहेका चलाउनेलाई साउन २१ गते दिउँसो उनकै गाउँबाट पक्राउ गरिएको हो । पक्राउ लगत्तै उनलाई जाजरकोट जिल्ला अदालतमा पेस गरिएको र अदालतबाट पाँच दिनको म्याद थप गरी विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया
विराटनगरमा ‘एलाइट फाइट्स’: खेलकुदबाट लागुऔषधविरुद्धको अभियान
विराटनगरमा ‘एलाइट फाइट्स’: खेलकुदबाट लागुऔषधविरुद्धको अभियान
साना आठ दलद्वारा ‘अग्रगामी मोर्चा’ घोषणा
जेनजी आन्दोलनका कारण स्वाधीनता खतरामा परेको उपेन्द्र यादवको दाबी
देउवा साउन २८ मा फर्किने, प्रहरीले मुद्दा र पक्राउ पुर्जीबारे विवरण हेर्दै
ग्यास वितरणमा विद्यार्थीलाई प्राथमिकता दिन मन्त्रीको निर्देशन
महिना दिनदेखि मेची राजमार्ग ठप्प: पूर्वी पहाडको जनजीवन कष्टकर 
महिना दिनदेखि मेची राजमार्ग ठप्प: पूर्वी पहाडको जनजीवन कष्टकर 
विराटनगरमा उपभोक्ता अदालत स्थापना गर्न सरोकारवालाको जोड
ग्यास उद्योगको अनुगमन गर्दै मन्त्री यादवले दिइन् सहज आपूर्तिको निर्देशन
सद्भावमा हाम्रो शक्ति
खैरो हेरोइनसहित झापाबाट दुई जना पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.