
काठमाडौं । खाना पकाउने एलपी ग्यास कालोबजारी गरेको आरोपमा प्रहरीले भक्तपुरबाट एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा चाँगुनारायण नगरपालिका-२ दुवाकोट बारुदखाना चोकमा भाडामा बस्ने ५७ वर्षीय तुलसीराम त्वयना छन्।
उपभोक्तालाई प्रतिसिलिन्डर सात हजार रुपैयाँसम्ममा ग्यास बिक्री गरिरहेको भन्ने सूचनाका आधारमा पुगेको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।
अनुगमनका क्रममा प्रहरीले तीन थान ग्यास सिलिन्डरसमेत नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।



















