सुधार केन्द्रमा रहेका युवकको मृत्यु

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २४, आइतबार १३:०७

जनकपुरधाम । धनुषास्थित एक सुधार केन्द्रमा रहेका एक पुरुषको मृत्यु भएको छ । धनुषाधाम नगरपालिका- ९ स्थित शुभेच्छा फाउन्डेसन सुधार केन्द्रमा रहेका उनको शनिबार साँझ मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मधुसूदन न्यौपानेका अनुसार गणेशमान चारनाथ नगरपालिका- ४ का अन्दाजी ३५ वर्षीय मजिबुल राइनको मृत्यु भएको हो।

Advertisement

प्रवक्ता न्यौपानेका अनुसार राइनलाई अस्पताल ल्याउँदा चिकित्सकले मृत घोषणा गरिएको हो । मृतक राइनको शरीरमा निलडाम देखिएको छ। प्रवक्ता न्यौपानेले शवको पोस्टमार्टम भइरहेको र त्यसबाट थप खुल्ने बताए ।

मृतकका आफन्तले राति सडक अवरुद्ध गरी प्रदर्शन गरेका थिए । राइनलाई कुटपिट गरिएको र त्यस कारण मृत्यु भएको आफन्तको आरोप छ ।

तपाइको प्रतिक्रिया
डिम्ब तस्करी प्रकरण: डा. नूतन शर्मा बयानपछि हाजिर जमानीमा रिहा
नेपालयद्वारा २५ वर्षमुनिका ७५ युवा लेखकका तीन पुस्तक लोकार्पण
सरकारले बाटो बिराए कान समातेर लिकमा ल्याउँछौँ: रास्वपा सभापति लामिछाने
सुधार केन्द्रमा रहेका युवकको मृत्यु
मोरङ, सुनसरी र झापाबाट गाँजा र ब्राउन सुगरसहित १० जना पक्राउ
पूर्वमेयर सिंह जंगलमा मृत अवस्थामा भेटिए
ट्राफिक प्रहरीलाई व्यवहारमा नम्रता अपनाउन निर्देशन
‘संविधानका उपलब्धि कमजोर बनाउने गतिविधि अस्वीकार्य’
प्रधानमन्त्री कार्यालयद्वारा १५२ मुद्दाको लिखित जवाफ अदालत पठाइयो
पूर्वमेयर सिंहको खोजी तीव्र, तालिमप्राप्त कुकुर र ड्रोन प्रयोग
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.