विराटनगर बास्केटबल कपको तयारी पूरा

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २५, सोमबार १८:५४
विराटनगर बास्केटबल कपको तयारी पूरा

विराटनगर । विराटनगर बास्केटबल एकेडेमीको आयोजनामा सञ्चालन हुने ‘सातौँ विराटनगर बास्केटबल कप’ को सम्पूर्ण तयारी पूरा भएको छ । आयोजकले प्रतियोगिताको टोली तथा समूह विभाजन सार्वजनिक गरेको छ ।

साउन २७ देखि भदौ ३० गतेसम्म हुने लिग प्रतियोगिताले स्थानीय स्तरमा बास्केटबल खेलको प्रवर्द्धन गर्नुका साथै विद्यार्थी खेलाडीहरूको क्षमता अभिवृद्धिमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको आयोजकले जनाएको छ ।
अन्तर्राष्ट्रिय बास्केटबल महासंघको नियम अनुसार ‘होम एन्ड अबे’ ढाँचामा खेलाइने यस प्रतियोगितामा ५८ भन्दा बढी खेल हुनेछन् । प्रतियोगितामा कुल २२५ जना विद्यार्थी खेलाडीहरूले आफ्नो कौशल प्रदर्शन गर्ने आयोजकले जनाएको छ ।

Advertisement

प्रतियोगितामा छात्र तथा छात्रा दुवै विधामा खेल हुनेछ । छात्रातर्फ ‘ए’ समूहमा शिक्षादीप, एभरेस्ट, एरागन र अरनिको छन् भने समूह ‘बी’ मा सेन्ट जोसेफ, बीकेभीएम र सगरमाथा स्कुलबीच प्रतिस्पर्धा हुनेछ ।
त्यस्तै, छात्रतर्फ ‘ए’ समूहमा बीकेभीएम, कोबास, सगरमाथा र दिल्ली पब्लिक स्कुल छन् भने समूह ‘बी’ मा शिक्षादीप, अरनिको, एभरेस्ट र सेन्ट जोसेफबीच खेल हुनेछ ।

साउन २७ गते हुने प्रतियोगिताको उद्‌घाटन खेल छात्रातर्फ समूह ‘बी’ को सेन्ट जोसेफ र साबिक विजेता बीकेभीएमबीच हुनेछ । यस प्रतियोगिताको छैटौँ संस्करणमा छात्र र छात्रा दुवैतर्फको उपाधि बीकेभीएमले हात पारेको थियो ।

तपाइको प्रतिक्रिया
बीपी प्रतिष्ठानमा स्वास्थ्य बीमा सेवा थप व्यवस्थित, नयाँ नियम लागू
मन्त्रीबारे छलफल नै सुरु भएको छैन, भ्रममा नपर्नुस्: राजेन्द्र राई
मन्त्री बन्ने दौडमा म छैन: इन्द्रबहादुर आङ्बो
इलामका युवकको मलेसियामा मृत्यु, शव ल्याउने तयारी
पुष्पलाल स्मृति ब्याडमिन्टन: कोर्टमा प्रिन्स दाहालको अप्रत्याशित हार
पुष्पलाल स्मृति ब्याडमिन्टन: कोर्टमा प्रिन्स दाहालको अप्रत्याशित हार
जग्गाको कारोबारमा सहजीकरण गर्न माग
महँगी, ग्यास अभाव र मल संकटबारे कांग्रेसद्वारा सरकारको ध्यानाकर्षण
कोशीमा नयाँ सरकारबारे छलफलः नीति र कार्यक्रममा सहमति, मन्त्रालय भागबण्डा अझै पेचिलो
अभिषेक गिरी र जाहेरवालाबीच सहमति : ८४ लाखको हिसाब, २० लाखमै मिलापत्र
विराटनगर बास्केटबल कपको तयारी पूरा
विराटनगर बास्केटबल कपको तयारी पूरा
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.