बीपी प्रतिष्ठानमा स्वास्थ्य बीमा सेवा थप व्यवस्थित, नयाँ नियम लागू

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २५, सोमबार २०:३३

धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्य बीमाअन्तर्गत ओपिडी सेवा प्रवाह, अभिलेखीकरण तथा दाबी व्यवस्थापन प्रक्रियालाई थप व्यवस्थित बनाउन नयाँ व्यवस्था लागू गरेको छ। स्वास्थ्य बीमा दाबी समीक्षा तथा मूल्याङ्कन कार्यविधि, २०७८ (पहिलो संशोधन, २०८१) बमोजिम सेवा प्रवाहलाई पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले प्रतिष्ठानले सोमबार सूचना जारी गर्दै नयाँ नियम लागू गरेको हो।

नयाँ नियम अनुसार स्वास्थ्य बीमाअन्तर्गत ओपिडी टिकटको दर्ता तोकिएको कार्यालय समयभित्र मात्र गर्न सकिनेछ। दर्ता गरिएको टिकटको मान्य अवधि सात दिन रहनेछ। सो अवधिभित्र सोही विभागमा फलो-अप सेवाका लागि पुनः ओपिडी दर्ता गर्नु पर्ने छैन।

Advertisement

चिकित्सकले अर्को विभागमा सिफारिस गरेमा वा सात दिनको समय समाप्त भएपछि थप सेवा लिन पुनः दर्ता गर्नुपर्नेछ। बिमितले आफ्नो इच्छाअनुसार अर्को विभागको ओपिडी सेवा लिन चाहेमा पनि पुनः दर्ता गर्नुपर्नेछ, तर त्यसका लागि सोही दिन अन्य कुनै विभागको ओपिडी वा फलो-अप सेवा नलिएको हुनुपर्नेछ।

यस्तै प्रयोगशाला, रेडियोलोजी, औषधि वा अन्य कुनै पनि सेवाको बिलिङ गर्नुअघि बिमितले आफ्नो ओपिडी कार्डसहित तोकिएको काउन्टरमा उपस्थित भई स्क्यानिङ गराउनुपर्नेछ। स्क्यानिङ पूरा भएपछि कर्मचारीले ओपिडी कार्डमा ‘स्क्यान्ड’ को छाप अनिवार्य रूपमा लगाउनेछन्।

चिकित्सकले ओपिडी कार्डमा बिरामीको रोगको पहिचान, उपचार योजना, आवश्यक परीक्षण र सिफारिस गरिएका औषधिको विवरण स्पष्ट र पढ्न सकिने गरी लेख्नुपर्नेछ। साथै चिकित्सकको नाम, नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर र हस्ताक्षर वा आधिकारिक छाप अनिवार्य गरिएको छ।

तोकिएका प्रक्रिया र सर्तहरू पूरा नभएमा बीमाअन्तर्गतका सेवाको बिलिङ प्रक्रिया अगाडि नबढ्ने र दाबीसमेत अस्वीकृत हुन सक्ने निमित्त अस्पताल निर्देशक डा. इन्द्रकुमार लिम्बूले जानकारी दिएका छन्।

तपाइको प्रतिक्रिया
पुष्पलाल स्मृति ब्याडमिन्टन: कबिर र सुहम अन्तिम ३२ मा
पुष्पलाल स्मृति ब्याडमिन्टन: कबिर र सुहम अन्तिम ३२ मा
विराटनगरमा विद्यालय स्तरीय क्रिकसल प्रतियोगिता हुँदै 
विराटनगरमा विद्यालय स्तरीय क्रिकसल प्रतियोगिता हुँदै 
रतुवामाईमा सर्पको टोकाइबाट महिलाको मृत्यु
सुनबर्षीमा महिला मृत फेला
कप्तानगन्ज घटनाको छानबिनमा न्यायिक आयोग गठन गर्न कांग्रेसको माग
प्रदेश सरकार गठन र मन्त्रालय बाँडफाँटका लागि एमाले र नेकपाको ५ बुँदे निर्देशन
लाइसेन्समा नयाँ अनलाइन प्रणाली, राष्ट्रिय परिचयपत्र र आफ्नै मोबाइल नम्बर अनिवार्य
पूर्वप्रधानमन्त्री नेपालविरुद्धको जग्गा हिनामिना मुद्दामा साक्षी बकपत्र गराउन आदेश
व्यवसायी शेखर गोल्छासँग विशेष अदालतद्वारा एक करोड धरौटी माग
सुनसरी र सिराहाका चार जनालाई शहीद घोषणा गर्ने मन्त्रिपरिषद्को निर्णय
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.