ग्यास अभाव : तोकिएभन्दा बढी मूल्य तिर्न उपभोक्ता बाध्य

Share this
765shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २६, मंगलबार ११:५७

संखुवासभा । संखुवासभाको सदरमुकाम खाँदबारीमा खाना पकाउने एलपी ग्यासको अभाव चुलिएको छ। बजारमा ग्यास सहज रूपमा उपलब्ध हुन नसक्दा उपभोक्ताले घण्टौँ लाइन बस्नुपर्ने, महँगो मूल्य तिर्नुपर्ने र रित्तो सिलिन्डर बोकेर घर फर्किनुपर्ने अवस्था सिर्जना भएको छ।

खाँदबारी बजारमा एलपी ग्यासका सात वटा डिलर रहेका छन्। तर ती डिलरहरूबाट उपभोक्ताले सहज रूपमा ग्यास पाउन सकेका छैनन्। सरकारले निर्धारण गरेको मूल्यअनुसार एलपी ग्यासको प्रतिसिलिन्डर २ हजार १५० रुपैयाँ भए पनि खाँदबारीका उपभोक्ताले २ हजार ३ सय रुपैयाँसम्म तिर्नुपरेको गुनासो गरेका छन्।

Advertisement

ग्यास अभावका कारण दैनिक खाना पकाउनेदेखि होटेल तथा चिया पसल सञ्चालनसम्म प्रभावित बनेको छ। उपभोक्ताबाट लगातार गुनासो आएपछि प्रहरीले एक व्यापारीविरुद्ध महँगो मूल्यमा ग्यास बिक्री गरेको आरोपमा कालोबजारीसम्बन्धी मुद्दा चलाएको छ। तर प्रहरीको कारबाहीपछि कतिपय डिलरहरूले ग्यास बिक्री गर्न सतर्कता अपनाउँदा आपूर्ति झन् प्रभावित भएको स्थानीय उपभोक्ता ईसाक राईले बताए।

स्थानीयवासीले ग्यासको वास्तविक समस्या पहिचान गरी नियमित आपूर्ति सुनिश्चित गर्न र बजारको प्रभावकारी अनुगमन गर्न प्रशासनसँग आग्रह गरेका छन्। कृत्रिम अभाव सिर्जना गर्नेमाथि कारबाही गर्दै तोकिएको मूल्यमा सहज रूपमा ग्यास पाउने व्यवस्था मिलाउन उनीहरूले माग गरेका छन्।

निमित्त प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीले सदरमुकाम क्षेत्रमा एलपी ग्यासको अभाव हुन नदिन पहल भइरहेको बताए । ग्यासका सिलिण्डर पर्याप्त मात्रामा ल्याउन समन्वय भइरहेको उनले बताए।

तपाइको प्रतिक्रिया
एमाले सचिवालय बैठक सकियो, राष्ट्रिय प्रतिनिधि परिषद् बैठक बोलाउने निर्णय
एमाले सचिवालय बैठक सकियो, राष्ट्रिय प्रतिनिधि परिषद् बैठक बोलाउने निर्णय
भरत दाहाल पक्राउ प्रकरण : कोशीका पूर्वमन्त्रीको अश्लील स्टाटस
एसियाली खेलकुद: कराँतेमा नेपालका तीन खेलाडी पदकबाट वञ्चित
एसियाली खेलकुद: कराँतेमा नेपालका तीन खेलाडी पदकबाट वञ्चित
६ हजारभन्दा बढी वडामा कांग्रेसको अधिवेशन, मोरङ–६ सहित केहीमा बाँकी
हावाहुरीले भाँचेको रुखको हाँगाले लागेर सुनसरीमा महिलाको मृत्यु
महासभामा भोटेकोशी विपदको विषय उठाउन रास्वपाको निर्देशन
रास्वपा सचिवालय बैठकका सात निर्णय : अनुशासन आयोगमा १० जना थपिए, तीन विभागमा नयाँ जिम्मेवारी
परराष्ट्रमन्त्री न्युयोर्कतर्फ
काजकिस्तानमाथि नेपालको शानदार जित 
काजकिस्तानमाथि नेपालको शानदार जित 
मोरङमा पक्राउ परेका राजनीतिक विश्लेषक भरत दाहाललाई काठमाडौं पठाइयो
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×